प्रेस युनियनको समानान्तर भेला, महाधिवेशनको अलग्गै मिति तोक्ने « Khabarhub

प्रेस युनियनको समानान्तर भेला, महाधिवेशनको अलग्गै मिति तोक्ने


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पटक पटक महाधिवेशनको मिति सारेका भन्दै प्रेस युनियन आबद्ध असन्तुष्ट पक्षले काठमाडौँमा समानान्तर भेला सुरु गरेका छन् ।

पूर्व निर्धारित मिति अनुसार आजैका दिनमा तय गरिएको महाधिवेशन तीन महिना पछि अर्थात् १३–१४ भदौमा सारिएको भन्दै असन्तुष्ट पक्षले समानान्तर भेला आयोजना गरेका हुन् ।

काठमाडौँस्थित अनुपम फुडल्याण्डमामा जारी भेलाले जेठ मसान्त भित्र महाधिवेशन गर्ने बारेमा छलफल गर्ने सचिव नकुल अर्यालले जानकारी दिएका छन् । ‘विगत ८ वर्ष देखी युनियनको महाधिवेशन हुन सकेको छैन, आजै उद्घाटन गर्नुपर्ने अधिवेशन सारेर भदौ १३–१४ पुर्‍याइएको छ,’ अर्यालले न्युज कारखानासँग भने, ‘महाधिवेशन गर्न अक्षम नेतृत्वको खिलाफमा बहुमत पदाधिकारीसहित केन्द्रीय सदस्यहरूको भेलाले महाधिवेशनको मिति तय गर्नेछ ।’ उक्त भेलामा वरिष्ठ उपाध्यक्ष दिपक आचार्य, उपाध्यक्ष बाला अधिकारी, सचिव सलोजा दाहाल, खिला कार्की र केन्द्रीय सल्लाहकार शिव लम्साललगायत पूर्व अध्यक्षहरूको भेला हुदैँछ ।

प्रेस युनियन स्थापना दिवसको अवसरमा आयोजित भेलालाई पूर्व अध्यक्षहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाउँदै देशैभरीवाट जिल्ला अध्यक्षहरु काठमाडौँ आएका छन् । सो भेलामा कांग्रेस सभापति शेरबहादुर देउवा इत्तरका समर्थक पत्रकारहरूको सहभागिता रहेको छ।

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  १० : ४० बजे

तनहुँ जलविद्युत् आयोजनाका प्रभावितबाट मुआब्जा माग

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित व्यास नगरपालिका– १३ बेलवासका स्थानीयले

साँघुरा ढोकाले थापाथलीका चार अखडामा गाई पाल्न समस्या

काठमाडौं– एसियाली विकास बैंक (एडीबी) को सहयोगमा पुनर्निर्माण भएका थापाथली

एमालेको आन्तरिक प्रतिष्पर्धा ‘जबज’को जीवन्त अभ्यास : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति एवं एमाले पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले नेकपा एमालेको ११औँ

हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवासको अभाव

भक्तपुर– विभिन्न प्रकारको हिंसामा परेका बालबालिकालाई उद्धारपछि राख्ने सुरक्षित आवासगृहको

शहीद उमेशकी आमा भन्छिन् : छोराको निधनपछि मन आत्तिएको छ, सरकारले जनाताको भलो गरोस्

काठमाडौं– जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश महतको