ओलीलाई मन्त्री बडूले आरोप पुष्टि गर्न चुनौति दिएपछि एमालेद्वारा संसद अवरोध | Khabarhub Khabarhub

ओलीलाई मन्त्री बडूले आरोप पुष्टि गर्न चुनौति दिएपछि एमालेद्वारा संसद अवरोध


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले लगाएको आरोप निराधार भएको बताएपछि नेकपा एमालेले संसद अवरुद्ध पारेको छ ।

सरकारले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै बिहीबार प्रतिनिधिसभाको बैठकमा एमाले अध्यक्ष ओलीले आयल निगम खारेज गर्न आधा कमिसन खाइसकेको भन्ने आरोप पुष्टि गर्न मन्त्री बडूले चुनौती दिएपछि एमाले सांसद उठेर विरोध जनाएका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले बिहीबार संसदमा दिएका अभिव्यक्तिमाथि आज मन्त्री बडुले टिप्पणी गरेका थिए। त्यसक्रममा मन्त्री बडुले प्रयोग गरेका शब्द आपत्तिजनक रहेको भन्दै रेकर्डबाट हटाउन एमाले सांसदहरूले माग गरेका छन्।

मन्त्री बडुले ‘साउनको महिनामा दृष्टि गुमाएको गोरूले सधैं हरियो देख्छ भन्ने उखान स्मरण गराउँछु’ भन्ने अभिव्यक्ति दिएका थिए। ओली प्रधानमन्त्री हुँदा कमिसनको चास्नीमा डुबेको आरोप मन्त्री बडुको थियो।

सभामुख अग्निप्रसाद सापकोटाले पटक पटक आग्रह गर्दा पनि एमालेका सांसदहरू नबसेपछि बैठक केहीबेरलाई स्थगित गरेका छन् ।

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  १२ : ४६ बजे

यी हुन् जेनजी आन्दोलनका सहिद (नामावलीसहित)

काठमाडाैं । सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई

११ राजदूत २० गतेभित्र मन्त्रालयमा हाजिर हुन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं- वर्तमान सुशीला कार्की नेतृत्वको सरकारले यसअघि फिर्ता बोलाएका राजदूतलाई

मह उत्पादनको सिजनमै सरकारले १६५ टन आयात खुलायो, निर्णय फिर्ता लिन किसानको माग

चितवन- आयातित महलाई प्रमुख स्थान दिइ गरिएको निर्णय पुनर्विचार गर्न

अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक घाइते

अर्घाखाँची – अर्घाखाँचीको दुर्गाफाँटमा आज बेलुका भएको मोटरसाइकल दुर्घटनामा दुई

चीनमा रोबोटको सहयोगमा चार हजार किलोमिटर टाढाबाट आँखाको सफल शल्यक्रिया

ग्वाङझाउ – चीनको एक मेडिकल टिमले चार हजार किलोमिटर टाढाको