जिसस रसुवा नेतृत्वका लागि कांग्रेस र एमालेको बराबर मतदाता « Khabarhub

जिसस रसुवा नेतृत्वका लागि कांग्रेस र एमालेको बराबर मतदाता


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– रसुवामा जिल्ला समन्वय समिति (जिसस) को  प्रमुख तथा अन्य पदका लागि दुई दलको बराबर मतदाता रहेका छन् । नेकपा एमाले र नेपाली कांग्रेसको बराबर मतदाता रहेका हुन् । जिसस प्रमुख र उपप्रमुखको निर्वाचनमा पालिका प्रमुख, अध्यक्ष र उपप्रमुख, उपाध्यक्षले मतदान गर्न पाउँछन् । रसुवामा जिससको निर्वाचनमा पाँचवटा पालिकाका १० जना मतदाताले मतदान गर्ने छन् । जिल्लामा पाँच वटा पालिका रहेका छन् । 

पालिका अध्यक्षमा दुई र उपाध्यक्षमा तीन गरी नेकपा एमालेको पाँच जना र पालिका प्रमुखमा तीन र पालिका उपप्रमुखमा दुई गरी नेपाली कांग्रेसको पाँच जना मतदाता छन् । जिससको निर्वाचन जित्न कम्तिमा पनि ६ मत ल्याउनुपर्छ । जिसस जित्न एमाले र कांग्रेस दुवैसँग पर्याप्त भोट नपुग्ने निश्चित छ । कांग्रेस र एमाले कुनै एउटा पक्षले अर्को पक्षको एउटा भोट आफूतिर तान्नुपर्ने अवस्था बनेको छ । यदि त्यसो नभए जिससको प्रमुख र उपप्रमुखको लागि गोला प्रथा हुने देखिएको छ ।

जिसस प्रमुखका लागि नेकपा एमालेबाट विजय लामा र अशोक घिमिरेको दाबी छ । त्यसैगरी नेपाली कांग्रेसबाट बमबहादुर गुरुङ र ओम आचार्यको दाबी  छ ।  जिससको अन्य पदका लागि दुवै दलले आन्तरिक तयारी गरिरहेको बताएका छन् । 

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  १ : ५४ बजे

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ