श्रीलङ्काली राष्ट्रपतिद्वारा अन्तर्राष्ट्रिय समुदायलाई मद्दत गर्न आह्वान | Khabarhub Khabarhub

श्रीलङ्काली राष्ट्रपतिद्वारा अन्तर्राष्ट्रिय समुदायलाई मद्दत गर्न आह्वान


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- देश गम्भीर आर्थिक सङ्कटबाट गुज्रिरहेका बेला श्रीलङ्काली राष्ट्रपति गोताबाया राजपाक्षेले अन्तर्राष्ट्रिय समुदायलाई औषधि, खाद्यान्न आपूर्ति र इन्धनको आवश्यकता पूरा गर्नका लागि मद्दत गर्न आह्वान गरेका छन् ।

‘हामी अहिले गम्भीर आर्थिक सङ्कटबाट गुज्रिरहेका छौं जसले सबै श्रीलङ्कालीहरूको जीवनमा गहिरो प्रभाव पारेको छ जसको परिणामस्वरूप सामाजिक असमानता उत्पन्न भएको छ । हामीलाई तुरुन्तै अन्तर्राष्ट्रिय समुदायबाट सहयोगको आवश्यकता छ र म श्रीलङ्काका अन्य साथीहरूलाई पनि यो कठिन समयमा मेरो देशलाई समर्थन र ऐक्यबद्धताका निम्ति अपील गर्दछु’ राजपाक्षेले भने । 

जापानको टोकियोमा भिडियोमार्फत आयोजित फ्युचर अफ एसिया कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपतिले सो कुरा उल्लेख गरेको श्रीलङ्काबाट प्रकाशित हुने डेली मिरर अखबारले जनाएको छ ।

चरम आर्थिक समस्याका बीच श्रीलङ्काले हालै करिब ५१ अर्ब अमेरिकी डलर बराबरको विदेशी ऋण चुक्ता गरेको जनाइएको छ ।

त्यहाँ गलत आर्थिक नीतिहरूले देशले पर्याप्त इन्धन किन्न नसक्ने र खाद्यान्न  एवं अन्य आधारभूत आवश्यकताहरू जस्तै खान पकाउने इन्धन र ग्यासको चरम अभावको सामना गर्नुपरेको छ ।

कोभिड १९ को महामारीबाट पर्यटन उद्योगमा परेको असर र अन्य कारण विदेशी कामदारहरूको भित्री रेमिट्यान्समा तीव्र गिरावट एवम् श्रीलङ्काको उच्च ऋण दायित्वहरूसँग मिलेर अन्य घटनाहरूको कारणले बढ्दो मुद्रास्फीतिले गम्भीर वित्तीय सङ्कट निम्त्याएको छ ।

‘भविष्यमा विश्वले सामना गर्ने अझ व्यापक समस्या भनेको खाद्य सुरक्षासँग सम्बन्धित छ। आगामी महिनाहरूमा खाद्यान्नको अभाव र खाद्यान्नको मूल्यमा भएको तीव्र वृद्धिले धेरै देशहरूमा ठूलो दबाब दिनेछ’ डेली मिररले राष्ट्रपतिलाई उद्धृत गर्दे उल्लेख गरेको छ ।

राष्ट्रपतिले कोभिड–१९ को महामारीपछि युक्रेन–रुस द्वन्द्वले सङ्कट थपिएको भन्दै त्यस्ता जोखिममा परेका राष्ट्रहरूलाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् ।

उनले मुलुकमा देखिएको सङ्कटलाई  समाधान गर्नका निम्ति राष्ट्रहरूबीचको सहकार्य बढाउनुपर्नेमा पनि विशेष जोड दिएका छन् ।

‘श्रीलङ्काले सामना गरिरहेको गम्भीर कठिनाइहरू कोभिड १९ महामारीको प्रभावहरूको प्रारम्भिक सङ्केत हो  । त्यस्तै युरोपमा जारी द्वन्द्वले अन्य कमजोर राष्ट्रहरूलाई क्षेत्रीय र विश्वव्यापी रूपमा पनि असर गर्न सक्छ ।’ उनले भने ।  

राष्ट्रपतिले यस जटिल समस्यामा ध्यान दिनुपर्ने र कृषि उत्पादनलाई स्थानीय तहमा प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । उनले देशवासीलाई यस्ता विकराल समस्याको सामना गर्ने उपाय खोज्न पनि आग्रह गरेका छन् ।

‘जापान श्रीलङ्काको प्रमुख विकास साझेदारहरू मध्ये एक हो  र हामी आशा गर्छौं अहिले जापानबाट कोष जुटाउने सम्बन्धमा भइरहेको वार्ता छिट्टै टुङ्गिनेछ र हामीले हाम्रो अर्थतन्त्र र हाम्रो राष्ट्रलाई स्थिर बनाउन प्रयास गर्नेछौं’ डेली मिररले राजपाक्षेलाई उद्धृत गर्दे उल्लेख गरेको छ ।

खाद्यान्न र इन्धनको अभाव बढ्दो मूल्य र बिजुली कटौतीका कारण श्रीलङ्काले स्वतन्त्रता पछि यस पटक सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेको छ।

अर्थतन्त्र राम्रो अवस्थामा नभएकाले अन्तर्राष्ट्रिय ब्याजदर बढ्ने उच्च जोखिम रहेको प्रष्ट देखिन्छ । अहिले अन्तर्राष्ट्रिय खाद्यान्नको मूल्य बढ्ने खतरा पनि उत्तिकै टड्कारो रहेको जनाइएको छ ।

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  ५ : ३३ बजे

शेयर बजारमा हरियाली, ३७ अंकले बढ्यो नेप्से

काठमाडौं– सोमबार शेयर बजारमा हरियाली छाएको छ । शेयर बजारमा

राष्ट्रव्यापी नदी सफाइ अभियानमा जुटे युवा समूह

काठमाडौं– सेप्टेम्बर २० मा विश्व सरसफाइ दिवस र सेप्टेम्बर २१

इजरायलविरुद्धको आक्रमणका लागि इरानी कमान्डर सम्मानित

एजेन्सी– इजरायलमाथि गरेको क्षेप्यास्त्र आक्रमणका लागि इरानले वायु सेनाका कमान्डरलाई

दक्षिणकाली र सिस्नेरीका बाढी प्रभावितलाई राहत वितरण

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) ले काठमाडौँको दक्षिणकाली नगरपालिका र

म्याग्दीमा व्यावसायिक अकबरे खुर्सानी खेती, प्रतिकिलो २५० का दरले बिक्री

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका किसानले जिल्लामै पहिलोपटक अकबरे (डल्ले)