श्रीपाल इवाम नामग्याल मोनस्टिक स्कुल, लोमान्थाङ गाउँपालिका–३, छोनहुप, मुस्ताङ जिल्लाको स्तरोन्नति पूर्वाधारको उद्घाटन | Khabarhub Khabarhub

श्रीपाल इवाम नामग्याल मोनस्टिक स्कुल, लोमान्थाङ गाउँपालिका–३, छोनहुप, मुस्ताङ जिल्लाको स्तरोन्नति पूर्वाधारको उद्घाटन


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँस्थित भारतीय राजदूतावासका सहचारी नाम्ग्या सी खाम्पाले ले मुस्ताङ जिल्लाको लोमान्थाङमा रहेको एक विद्यालयको पूर्वाधारको स्तरोन्नतिको उद्घाटन गरेकी छिन् ।

उद्घाटन समारोहमा लोमान्थाङमा गाउँपालिकामा ३ मा रहेकाे श्रीपाल इवाम नामग्याल विहार विद्यालयलाई स्कुल बस र घारापझोङ गाउँपालिकालाई  एम्बुलेन्स उपहार दिइएको थियो ।

उक्त परियोजना मुस्ताङको जिल्ला समन्वय समिति भारत सरकारको अनुदान सहयोगमा रु २ करोड ६३ लाख लागतमा सञ्चालनमा आएको हो ।

भारतको स्वतन्त्रताको ७५ औँ वार्षिकोत्सवको अवसरमा उद्घाटन गरिएको जनाइएको छ । यसअनुसार भारतले नेपालमा यस वर्ष योसहित ७५ परियोजनाहरू अघि सारेको छ ।

सन् २००३ देखि, भारतले नेपालमा ५२७ क्षेत्रमा उच्च प्रभाव पार्ने सामुदायिक विकास परियोजनाहरू (एचआईसीडीपीहरू) मा सहभागिता जनाइसकेको छ । 

यसअनुसार नेपालका सबै ७ प्रदेशहरूमा स्वास्थ्य, शिक्षा, खानेपानी, जडान, सरसफाइ र अन्य सार्वजनिक सुविधाहरूको निर्माणको क्षेत्रमा ४७० परियोजनाहरू पूरा गरेको जनाइएको छ ।

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  ६ : ३८ बजे

मोटरसाइकल र साइकल ठोक्किँदा तीनजनाको मृत्यु

सिरहा – सिरहा नगरपालिका–१८ लक्ष्मीनियास्थित हुलाकी सडक खण्डमा आज दिउँसो

नेपालविरुद्ध स्कटल्याण्डका जर्ज मुन्सेको अर्धशतक

काठमाडौं – स्कटल्याण्डमा जारी टी–ट्वान्टी आई सिरिजको अन्तिम खेलमा नेपालले

झापामा ढुंगा प्रहार गरी एक जनाको हत्या

झापा – झापामा झगडाका क्रम ढुङ्गा प्रहारबाट एक जनाको ज्यान

महोत्तरी गाउँपालिकाको बजेट ४३ करोड ९४ लाख

जलेश्वर– महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि