महिलाको चरित्रहत्या गर्ने प्रहरी जवानसहित २ जना पक्राउ « Khabarhub

महिलाको चरित्रहत्या गर्ने प्रहरी जवानसहित २ जना पक्राउ


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रहरीको साइबर व्यूरोले महिलाको चरित्रहत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

एक जना भने नेपाल प्रहरीका बहालवाला कर्मचारी रहेका छन् । विद्युतीय कारोबार ऐन २०६३ अन्तरगतको कसुर गरेको आरोपमा रौतहट घर भई धनुषामा कार्यरत प्रहरी जवान कृष्णकुमार यादव र विराटनगर घर भएका मोहम्मद कसिमलाई धरान प्रहरीको सहयोगमा पक्राउ गरी काठमाडौँ ल्याइएको छ ।

यादवले युवतीलाई सामाजिक सञ्जालमा साथी बनाएर प्रलोभनमा पारी खिचिएका अन्तरङ्ग तस्वीहरू सामाजिक सञ्जालमा पोष्ट गर्ने, धम्क्याएर पीडितलाई मानसिक तनाव दिई चरित्र हत्यासमेत गरेको दावी गरिएको छ ।

कासिममाथि सामाजिक सञ्जालमा नक्कली एकाउन्ट खोली युवतीको अन्तरङ्गका तस्वीर विभिन्न व्यक्तिलाई पठाइ चरित्र हत्या गरेको आरोप छ । काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी उनीहरुमाथि अनुसन्धान जारी रहेको ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले आज एक विज्ञप्ति जारी गरी जानकारी दिएका छन् ।

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  ६ : २५ बजे

स्वस्थानीका व्रतालु परदेश यात्रामा, पशुपतिमा पूजा (तस्बिरहरू)

काठमाडौं– एक महिने स्वस्थानी व्रत अनुसार व्रतालुहरूले परदेश यात्रा अन्तर्गत

गगन र निर्वाचन आयोगविरुद्ध मुद्दा लिएर सर्वोच्चमा देउवा पक्ष

काठमाडौं- दोस्रो विशेष महाधिवेशनबाट सभापति गगन थापा र निर्वाचन आयोगविरुद्ध

नेपालगन्जमा चौथो मःम महोत्सव सुरु

नेपालगन्ज– विभिन्न दुई सय प्रकारका मःमको स्वाद प्राप्त गर्ने गरी

सिंहदरबारमा बस्यो राष्ट्रियसभा बैठक (तस्बिरहरू)

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलपछि

सुनको मूल्य निरन्तर बढ्दो, तोलामा दुई लाख ७७ हजार नाघ्यो

काठमाडौं– विवाहको याम सुरु भएसँगै सुनको मूल्य निरन्तर बढिरहेको छ