अफगानिस्तानमा भएका बम आक्रमणको राष्ट्रसंघका महासचिवद्वारा निन्दा « Khabarhub

अफगानिस्तानमा भएका बम आक्रमणको राष्ट्रसंघका महासचिवद्वारा निन्दा


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अफगानिस्तानमा भर्खरै भएको आतङ्कवादी आक्रमणको निन्दा गरेका छन् । आक्रमणमा हजारा शिया समुदायका सदस्यहरू र अन्य नागरिकको ज्यान गएको थियो ।

‘महासचिवले अफगानिस्तानको मजारशरीफ शहरमा यात्रुवाहक सवारी साधनहरू र काबुल शहरको शरीफ हजरत जकारिया मस्जिदलगायत भर्खरै भएका आक्रमणहरूको निन्दा गर्दै  दुःख व्यक्त गरेको’ महासचिवका प्रवक्ता स्टेफन डुजारिकले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

गुटेरेसले पीडित परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

उनले जातीय र धार्मिक अल्पसंख्यक लगायत नागरिकको संरक्षणका साथै स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सबै पक्षलाई आह्वान गरेका छन् ।

महासचिवले जातीय र धार्मिक अल्पसंख्यक लगायत नागरिकको संरक्षणका साथै स्वतन्त्र रूपमा आफ्नो धर्मको पालना गर्ने अधिकार सुनिश्चित गर्न पनि सबै पक्षहरूलाई आह्वान समेत गरेका छन् ।

इस्लामिक स्टेट (आईएस) आतंकवादी समूहले गराएको शृङ्खलाबद्ध बम आक्रमणबाट अफगानिस्तान प्रभावित भएको बेला राष्ट्रसंघका महासचिवको यो भनाइ सार्वजनिक भएको हो ।

काबुलमा प्रार्थनाका क्रममा मस्जिदमा भएको विस्फोटमा कम्तीमा पाँच जना श्रद्धालुको मृत्यु हुनाको साथै अन्य १७ जना घाइते भएका थिए ।

त्यस्तै, मजारशरीफको तीनवटा भ्यान र बसमा लगातार विस्फोटन हुँदा नौ जनाको मृत्यु हुनाका साथै अन्य १५ जना घाइते भएका थिए ।

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  ९ : ५१ बजे

रक्षा मन्त्रालयको लक्ष्यअनुसार ८० प्रतिशतभन्दा बढी प्रगति

काठमाडौं– रक्षा मन्त्रालयको चालु आर्थिक वर्षको त्रैमासिक लक्ष्यअनुसार ८० प्रतिशतभन्दा

अवैध लागूऔषधसहित कैलाली र चितवनबाट पाँच जना पक्राउ

काठमाडौं– कैलालीको बर्दगोरिया गाउँपालिका-१ बौनिया बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो

स्थानीय तहले फेरि एकपटक भूउपयोग परिवर्तन सक्ने

काठमाडौं – भूउपयोगको वर्गीकरण गरिसकेका स्थानीय तहले पनि फेरि एकपटक

जापानी कलाकारले फ्यानलाई काखी सुँघाएपछि…

काठमाडौं- जापानको मनोरञ्जन उद्योगमा ‘आइडल कल्चर’ को विशेष महत्व छ

मनसुन जोखिमका लागि भक्तपुरमा जल उद्धार अभ्यास

काठमाडौं– मनसुनका समयमा हुनसक्ने खतरा र त्यसको प्रभावकारी खोज तथा