साउदीमा आफ्नै फाइदाको लागि काम गर्न नपाइने  « Khabarhub

साउदीमा आफ्नै फाइदाको लागि काम गर्न नपाइने 



दोहा – साउदी अरेबियाले रोजगारदाता कम्पनीहरुका लागि कडा नियम ल्याएको छ। साउदीले सबै रोजगारदाताहरूका कर्मचारीहरूलाई अरूको लागि वा कामदारहरूको आफ्नै व्यक्तिगत फाइदाको लागि काम गर्न अनुमति दिए कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

साउदी पब्लिक सेक्युरिटीका अनुसार नियम उलङ्घन गरेको पाइएमा अधिकतम १ लाख साउदी रियाल जरिवाना र ६ महिनासम्मको जेल सजाय हुनेछ । साउदीको श्रम कानुन नम्बर २१९ को धारा ३९ अन्तर्गत, एक रोजगारदाताले आफ्नो कामदारलाई अरूको लागि काम गर्न दिनु हुँदैन र कामदारले अन्य रोजगारदाताहरूको लागि काम गर्न नपाउने नियम रहेको छ ।

त्यसैगरी रोजगारदाताले अन्य रोजगारदाताका कामदारहरूलाई काममा लगाउनु हुँदैन र कम्पनीहरुले पनि आफ्नो कर्मचारीले आफ्नो फाइदाको लागि काम गरिरहेको छैन भनी सुनिश्चित गर्नुपर्छ।

पब्लिक सेक्युरिटीले मक्का र रियाद क्षेत्रहरूमा ९११ र राज्यका अन्य क्षेत्रहरूमा ९९९ मा निवास, श्रम र सीमा सुरक्षा नियमहरूको कुनै पनि उल्लङ्घनका बारेमा रिपोर्ट गर्न जनतालाई आह्वान गरेको छ ।

पछिल्लो समय साउदीमा कतिपय रोजगारदाता कम्पनीहरुले आफ्ना कामदारलाई अन्यत्र काममा लगाउने प्रवृति बढेकाले साउदीले नयाँ नियम ल्याएको बुझिएको छ । साउदीमा विभिन्न क्षेत्रमा गरी करिब ४ लाखको हाराहारीमा नेपाली कार्यरत रहेको पाइन्छ ।

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  ८ : २२ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित