सरकारी प्रस्तावविरुद्ध मड्रिडमा प्रदर्शन « Khabarhub

सरकारी प्रस्तावविरुद्ध मड्रिडमा प्रदर्शन


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– क्याटालोनियाका पृथकतावादी नेताहरुसँग वार्ताका गर्ने प्रधानमन्त्री पेद्रो सान्चेजले गरेको प्रस्तावविरुद्ध स्पेनको राजधानी मड्रिडमा दशौँ हजारले प्रदर्शन गरेका छन् ।

पपुलर पार्टी, नागरिक पार्टी र अन्य दक्षिणपन्थी पार्टीले प्रदर्शनको आयोजना गरेका हुन् । स्पेनका दक्षिणन्थिीहरुले क्याटालन पृथकतावादीसँग हुने वार्तालाई आत्मसमर्पण र धोकाको संज्ञा दिँदै आएका छन् ।

प्रदर्शनकारीले प्रधानमन्त्री सान्चेजले तत्काल राजीनामा दिनुपर्ने र तत्काल चुनावको मिति घोषणा गर्न समेत माग गरे । प्रदर्शनमा ४५ हजारभन्दा धेरैको सहभागिता रहेको प्रहरीले जनाएको छ ।

दक्षिणपन्थीजस्तै स्पेनका समाजवादीहरुले पनि क्याटालन पृथकतावादीसँग वार्ता गर्न नहुने पक्षमा छन् । यद्यपि यसअघि नै क्याटालन पृथकतावादी नेताहरुले प्रधानमन्त्री सान्चेजले गरेको वार्ताको प्रस्तावलाई अस्वीकार गरिसकेका छन् ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ९ : ५९ बजे

कांग्रेसले दुई दिनभित्रै नयाँ क्रियाशील सदस्यता फारम सबै जिल्लामा पुर्‍याउने

काठमाडौँ– नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता फारम दुई दिनभित्र देशैभर

तेह्र वर्षमा २१ लाख बिरामीको उपचार

भक्तपुर – दिव्य शताब्दी पुरुष १०२ वर्षीय डा गौरीशङ्कर लाल

भियतनाममा युटिआर अन्तरराष्ट्रिय टेनिस खेल्दै अभिषेक

कास्की – पोखरेली टेनिस खेलाडी अभिषेक बास्तोलाले नेपालको प्रतिनिधित्व गर्दै

महिला भलिबल प्रतियोगिताः एपिएफ र न्यु डायमन्ड विजयी

झापा – आजदेखि सुरु भएको राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा

दोलखा र जुम्लाको तापक्रम माइनसमा

काठमाडौं- नेपालमा क्रमशः चिसो बढ्दै गइरहेका बेला बुधबार दुई जिल्लाको