विश्वकप क्रिकेट : लय खोज्दै इन्डिज र इङ्ग्ल्यान्ड « Khabarhub

विश्वकप क्रिकेट : लय खोज्दै इन्डिज र इङ्ग्ल्यान्ड


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप क्रिकेटमा आज (शुक्रबार) घरेलु टोली इ्ग्ल्यान्ड र क्यारेबियन टोली वेष्ट इन्डिज प्रतिस्पर्धा गर्दैछन् ।

साउथह्यामटनसिथत ह्यामसायर बोलमा हुने खेल नेपाली समयअनुसार ३ बजेर १५ मिनेटमा शुरु हुनेछ । यसअघि समान तीन खेल खेलेका इङ्ग्ल्यान्ड चौथो खेलमा जीत निकाल्दै लय समात्ने लक्ष्यमा रहेको छ ।

विश्वकपको पहिलो र दोस्रो खेलमा लगातार जित हात पारेको इङ्ग्ल्यान्ड तेस्रो खेलमा पाकिस्तानसँग पराजित भएको थियो । शुक्रबार हुने खेलमा दुवै टोली एक अर्कालाई पराजित गर्दै विश्वकपमा आफ्नो लय कायम गर्ने लक्ष्यमा रहेका छन् ।

पाकिस्तानसँग पराजित भएको इ्ग्ल्यान्डविरुद्ध उत्कृष्ट पुनरागमनको खोजिमा रहेको छ । यस्तै, समान तीन वटै खेल खेलेको इन्डिज आजको खेलमा जित निकाल्दै खेलमा फर्किने योजनामा रहेको छ ।

विश्वकपको पहिलो खेलमा पाकिस्तानमाथि ७ विकेटको शानदार जित हात पारेको इन्डिज टोलीले दोस्रो खेलमा अस्ट्रेलियासँग १५ रनले पराजित भएको थियो भने तेस्रो खेल दक्षिण अफ्रिकाविरुद्धको खेल बर्षाका कारण प्रभावित भएपछि १–१ अंक बाडेको थियो ।

सन्तुलनमा रहेको क्यारेबियन टोलीमाथि घरेलु टोली हावी हुन सक्ने कतिपयले आँकलन गरेपनि इन्डिजसँग अग्रपङ्ती देखि अन्तिमसम्मका ब्याट्सम्यानले आक्रामक खेल्न सक्ने भएकाले इङ्ग्ल्यान्डलाई कमब्याकका लागि निकै संघर्ष गर्नु पर्ने हुने विश्वकपका कमेन्टेटरहरुले बताउँदै आएका छन् ।

कप्तान इयोन मोर्गन, जोइ रुट, जोस बट्लर र नोनी बेरिस्टोले आक्रामक ब्याटिङ गर्दै टोलीलाई इन्डिजविरुद्ध राम्रो रन बनाउन सक्छन् भने ओसाने थोमस र जसोन होल्डर र आन्द्रे रसेलले इग्ङ्ग्ल्यान्डको ब्याटिङ लाइन कमजोर पार्न सक्छन् ।

इन्डिजका लागि युनिर्भसल बोस क्रिस गेल, निकोलास पुरान, आन्द्रे रसेल र साई होपले उत्कृष्ट ब्याटिङ गर्न सक्छन् भने इङ्ग्ल्यान्डका बलर मोइन अलि, क्रिस वोएक्स र जोर्फा आर्चर इन्डिजका ब्याट्सम्यानमाथि हावी हुन सक्छन् ।

अंक तालिकामा इङ्ग्ल्यान्डको ४ अंक छ भने इन्डिजको ३ अंक छ ।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  ११ : ३४ बजे

नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त, लिए शपथ

काठमाडौँ – नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त

मन्त्रीको निर्देशनपछि सर्त उल्लङ्घन गर्ने बालाजु क्षेत्रको उद्योगको पानी र बिजुली काटियो

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि बालाजु

राष्ट्र बैंक नियमन नियन्त्रणका लागि मात्र होइन, उत्पादनमा सक्रिय हुनुपर्छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकलाई केवल

मकवानपुरमा तरकारी बोकेको ट्रक दुर्घटना : एक जनाको मृत्यु, चालक घाइते

मकवानपुर – त्रिभुवन राजमार्गअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका-२ स्थित तिलटारमा तरकारी

सरकार र ज्योति रानाभाटबीच १९ बुँदे सहमति, अनसन स्थगित

काठमाडौँ – विभिन्न माग राखेर आमरण अनसनमा बसेकी नर्स ज्योति