जेलेन्स्कीसँग वार्ता गर्न पुटिनसमक्ष म्याक्रोँ र सोल्जको आग्रह « Khabarhub

जेलेन्स्कीसँग वार्ता गर्न पुटिनसमक्ष म्याक्रोँ र सोल्जको आग्रह


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जर्मनीका चान्सलर ओलाफ सोल्ज र फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसमक्ष युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग ‘प्रत्यक्ष गम्भीर वार्ता’ गर्न आग्रह गरेका छन् ।

रूसी राष्ट्रपतिसँग ८० मिनेटको टेलिफोन वार्ताका क्रममा युरोपेली युनियन इयुका शक्तिशाली दुई नेताहरूले ‘तुरुन्तै युद्धविराम गर्न र रूसी सेनालाई युक्रेनबाट हटाउन’ दबाब दिएको जर्मन चान्सलर सोल्जको कार्यालयले जनाएको छ ।

म्याक्रोँ र सोल्जले पुटिनलाई ‘युक्रेनी राष्ट्रपतिसँग गम्भीर तथा प्रत्यक्ष वार्ता गर्न र यस द्वन्द्वको कूटनीतिक समाधान खोज्न आग्रह गरेका छन् ।’ चान्सलरको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

फ्रान्सेली राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार तीन नेताहरूबीच टेलिफोनमार्फत् कुराकानी भएपछि ‘फ्रान्सका राष्ट्रपति र जर्मन चान्सलरले अजोभ्स्टलमा युक्रेनी सुरक्षाकर्मीले आत्मसमर्पण गरेपछि रूसको नियन्त्रणमा रहेका करिब दुई हजार ५०० जनालाई मुक्त गर्न पनि आग्रह गरेका थिए ।

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  १० : ४४ बजे

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री

‘मास्टर्नी’बाट प्रियंकाको नयाँ परीक्षा

काठमाडौँ- करिअरको प्राइमपछि छायामा पर्दै गर्दा फिल्म निर्माणमा होमिने नायिकामा

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ