ब्रिक्सको विस्तार प्रक्रियालाई चीनले समर्थन गर्ने « Khabarhub

ब्रिक्सको विस्तार प्रक्रियालाई चीनले समर्थन गर्ने


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सम्मिलत मुलुकहरुको समूह ब्रिक्सको विस्तार प्रक्रिया सुरु हुने भएको चिनिया सरकारी स्रोतले जानकारी गराएको छ ।

नयाँ विकासशील मुलुकका सदस्यलाई समावेश गर्न ब्रिक्सको विस्तार प्रक्रिया थालिने भएको चीनको विदेश मन्त्रालयले जनाएको हो । 

‘ब्रिक्सको विस्तारलाई बेइजिङले सक्रियतापूर्वक बढावा दिनेछ र यस समूहमा सामेल हुन धेरै विश्वव्यापी साझेदारहरूलाई स्वागत गर्नेछ’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेन्बिनले ब्रिक्स विस्तार गर्ने सम्बन्धमा सञ्चारकर्मीको प्रश्नको जवाफमा भने । 

उनले भने– ‘ब्रिक्स विस्तारका विषयमा गहन छलफल जारी राख्न र त्यसका लागि सहमतिका आधारमा मापदण्ड र प्रक्रिया निर्धारण गर्न चीनले ब्रिक्स सदस्यहरूसँग काम गर्नेछ । हामी ब्रिक्सको ठूलो परिवारमा सामेल हुने समान विचार भएका साझेदारहरूको प्रतीक्षामा छौं ।’ 

ब्रिक्स एक बहुपक्षीय मञ्च हो जसमा विश्वका पाँच प्रमुख उदीयमान अर्थतन्त्र भएका मुलुकहरू, ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिका रहेका छन् ।

हालै सम्पन्न ब्रिक्स विदेशमन्त्रीहरुको बैठकका क्रममा ‘ब्रिक्स प्लस’ परामर्श पनि आयोजना गरिएको बेला यस पहलको विस्तारलाई पनि समर्थन गरिएको वाङले बताए ।

रिपोर्टअनुसार मे २३ मा युएई, साउदी अरब, इजिप्ट, कजाकस्तान, इन्डोनेसिया, अर्जेन्टिना, नाइजेरिया, सेनेगल र थाइल्याण्डलगायत देशका मन्त्रीहरुसँगको मुख्य बैठकका क्रममा ब्रिक्स प्लस भर्चुअल सम्मेलन आयोजना गरिएको थियो ।

चीनले ब्रिक्स विस्तार प्रक्रियाको सुरुआतलाई सक्रिय समर्थन गर्ने र ‘ब्रिक्स प्लस’ लाई विस्तार गर्न चाहेको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  ११ : ४९ बजे

स्पेसएक्सले युक्रेनमा स्टारलिंकको सेवामा गर्‍यो सीमितता, सैन्य ड्रोन अभियान प्रभावित

एजेन्सी– अमेरिकी अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सले युक्रेनमा उपलब्ध गराउँदै आएको

कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– कुमारी बैंक लिमिटेडको छब्बीसौं वार्षिक साधारण सभा बुधबार काठमाडौंको

लोकदोहोरीबाट कांग्रेसको केन्द्रीय नेतृत्वसम्म, रिता थापामगर बनिन् केन्द्रीय सदस्य

काठमाडौं– लोकदोहोरी गीतमार्फत दर्शक तथा श्रोतामाझ परिचित गायिका रिता थापामगर

सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल सरकारका विभिन्न निकायमा

मनसुन पूर्णरूपमा बाहिरियो, दसैँमा मौसम घमाइलो हुने पूर्वानुमान

काठमाडौँ– यस वर्षको मनसुन नेपालबाट पूर्णरूपमा बाहिरिएको छ । मौसम