लमजुङमा १० महिनामा ६३५ घरेलु उद्योग दर्ता « Khabarhub

लमजुङमा १० महिनामा ६३५ घरेलु उद्योग दर्ता


१५ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – घरेलु तथा साना उद्योग कार्यालय लमजुङमा  १० महिनाको अवधिमा ६३५ वटा घरेलु उद्योग दर्ता भएका छन्।

आर्थिक वर्ष ०७८/०७९ को साउनदेखि वैशाख महिनाको अवधिमा सो संख्यामा घरेलु उद्योग दर्ता भएका कार्यालय प्रमुख मीताकुमारी थापाले बताइन् । उनका अनुसार यस अवधिमा २५३ वटा घरेलु उद्योगको नवीकरण भएको छ ।

वाणिज्यतर्फ ३७५ नयाँ दर्ता भएका छन् भने ३५८ वटा नवीकरण भएको छ । गत आर्थिक वर्षको साउनदेखि असारसम्ममा ९७० घरेलु उद्योग दर्ता भएको थियो । आव ०७७/२०७८ मा ३६९ उद्योग नवीकरण गरिएका छन् । वाणिज्यतर्फ एक वर्षको अवधिमा ६४० नयाँ दर्ता भएका छन् । त्यस्तै, ५५८ नवीकरण गरिएको घरेलु कार्यालयले जनाएको छ ।

आव २०७६/०७७ मा ६६९ नयाँ घरेलु उद्योग दर्ता भएको उक्त कार्यालयले जनाएको छ । आव ०७५/७६ मा जम्मा ४६८ मात्रै कार्यालयमा घरेलु उद्योग दर्ता गरिएका थिए । त्यस्तै, ८७ घरेलु उद्योग नवीकरण भएको थियो ।  सो अवधिमा वाणिज्यतर्फ ६२९ दर्ता भएका छन् भने नवीकरण १५७ भएका छन् ।

प्रकाशित मिति : १५ जेठ २०७९, आइतबार  ११ : १६ बजे

पर्यटन सुरक्षा प्रणाली लागू गर्न अभिमुखीकरण

नारायणगढ– अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस) कार्यान्वयनका

चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण मिसन असफल

बेइजिङ- चीनले शनिबार ‘शिजियान–३२’ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान- धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान

बालेनपछि हर्कले दिए राजीनामा, सुनसरी १ बाट प्रतिनिधि सभामा उठ्ने

सुनसरी- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क सम्पाङ)ले आइतबार साँझ