सम्पर्कविहीन जहाज खोज्न सेनाको हेलिकप्टर पठाइयो « Khabarhub

सम्पर्कविहीन जहाज खोज्न सेनाको हेलिकप्टर पठाइयो


१५ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – तारा एयरलाइन्सको सम्पर्कविहीन जहाज खोज्न नेपाली सेनाको एमआई ५७ हेलिकप्टर काठमाडौंबाट पठाइएको छ।

उद्धार टोली लिएर सेनाको हेलिकप्टर मुस्ताङको लेतेका लागि उडेको र सेनाको अर्को रेस्क्यू टोली मुस्ताङको घाँसाबाट घटनास्थलमा गएको नेपाली सेनाका प्रवक्ता सैनिक सहायक रथी नारायण सिलवालले जानकारी दिए।

मुस्ताङको घाँसा क्षेत्रमा ठुलो आवाजमा विस्फोट भएको र आगो देखिएको भन्दै स्थानीयले प्रहरीलाई सूचना दिएपछि उद्धार टोली मुस्ताङको घाँसा केन्द्रित छ।

बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोमका लागि उडान भरेको जहाज १२ मिनेटमै सम्पर्कविहीन भएको पोखरा विमानस्थलले जनाएको छ।

विमान १० बजेर ७ मिनेट जाँदा अन्तिम सम्पर्कमा आएको थियो। मुस्ताङको एयरस्पेसमा पुगेपछि विमान सम्पर्कविहीन भएको थियो।

केहीबेरमा नागरिक उड्डयन प्राधिकरणले काठमाडौंमा पत्रकार सम्मेलन गरी घटनाबारे थप जानकारी दिने बताएको छ ।

प्रकाशित मिति : १५ जेठ २०७९, आइतबार  १२ : २३ बजे

चलचित्र समाजको सामूहिक स्मृति र सांस्कृतिक पहिचान हो : सञ्चारमन्त्री डा तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्र मनोरञ्जनको

नेकपा नेतालाई प्रचण्डको सुझाव- प्रतिक्रियावादीलाई फाइदा पुग्छ, निराशाको खेती नगर्नुस्

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादीलाई फाइदा

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै एकजना पक्राउ

काठमाडौं– सर्लाहीको बरहथवा नगरपालिका-३ स्थित प्रतिटोलमा चोरीको गाडी प्रयोग गरी चोरी

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं– नेपाल सरकार मन्त्रिपरिषद् बैठक आज अपराह्न साढे ४ बजे बस्ने

एसईई र कक्षा १२ को नजिता समयमै सार्वजनिक गर्नु सुशासनको महत्त्वपूर्ण कदम : शिक्षामन्त्री 

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एसईई र कक्षा १२