परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्ने घटे     « Khabarhub

परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्ने घटे    


१५ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चालु आर्थिक वर्षमा परिवार नियोजनका अस्थायी साधन प्रयोगकर्ताको सङ्ख्या अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको पाइएको छ ।

आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षणमा अघिल्लो वर्षको तुलनामा दुई लाख २४ हजार ७८६ जना घटेको पाइएको छ । चालु आर्थिक वर्षको फागुनसम्म परिवार नियोजनका अस्थायी साधनका प्रयोगकर्ता पाँच लाख १४ हजार ६३ रहेका छन् ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा अस्थायी साधन प्रयोग गर्ने सङ्ख्या सात लाख ३८ हजार ८४९ रहेको थियो । आर्थिक वर्ष २०७८/७९ मा परिवार नियोजनका साधन प्रयोगकर्ता ४४।२ प्रतिशत रहेको छ । यस्तै आर्थिक सर्वेक्षणमा औलो नियन्त्रण हुँदै गएको उल्लेख गरिएको छ ।

चालु आर्थिक वर्षको फागुनसम्म एक लाख आठ हजार ३८८ जनामा गरिएको परीक्षणमा ३५६ जनामा औलो देखिएको थियो । सर्वेक्षणमा अघिल्लो वर्षको तुलनामा औलोका बिरामी केही घटेको देखिएको जनाइको छ ।

सर्वेक्षणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आर्थिक वर्ष २०७७/७८ मा ७४० मिर्गौला र छ बिरामीको कलेजो प्रत्यारोपण गरिएको जनाइएको छ । चालु आर्थिक वर्षमा ८२ बिरामीको मिर्गौला प्रत्यारोपण गरिएको छ । यस्तै चालु आर्थिक वर्षको फागुनसम्म ३७३ बिरामीको मुटुको भल्भको निस्शुल्क शल्यक्रिया र ८८५ बिरामीको विभिन्न प्रकारका मुटुको शल्यक्रिया गरिएको छ ।

आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म १३ हजार ८२० जनाले क्यान्सर, तीन हजार ९४७ जनाले मुटु, चार हजार ९८४ जनाले हेमोडायलासिस, १७२ जनाले पेरिटोनियल डायलासिस र ४०० जनाले मिर्गौला प्रत्यारोपण लगायतका ठूला रोगमा २६ हजार ३३१ जना विपन्न नागरिकले औषधी उपचार सेवा निस्शुल्क प्राप्त गरेका छन् ।

यस्तै सर्वेक्षणमा २०७८ फागुनसम्म ७७ जिल्लाका ७४२ स्थानीय तहका ५२ लाख ६४ हजार ९५१ जना स्वास्थ्य बीमा कार्यक्रमबाट लाभान्वित भएको पाइएको छ ।

प्रकाशित मिति : १५ जेठ २०७९, आइतबार  ३ : ३२ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन