लोकसेवामा सोचेअनुसारको आवेदन परेन– १ लाख १८ हजारले भरे फर्म | Khabarhub Khabarhub

लोकसेवामा सोचेअनुसारको आवेदन परेन– १ लाख १८ हजारले भरे फर्म


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले स्थानीय तहको विज्ञापन रोक्न निर्देशन दिएपनि लोकसेवा आयोगमा आवेदन दिनेको सङ्ख्यामा कमी आएको छैन ।

समितिले निर्देशन दिएपछि आवेदन दिनेको सङ्ख्यामा केही दिन कमी आएको भएपनि अहिले भने फेरि वृद्धि भएको छ । आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले समितिले विज्ञापन रोक्न निर्देशन दिएपछि आवेदन दिनेको सङ्ख्यामा कमी आए पनि पुनःअहिले भने बढेको बताए ।

उनका अनुसार गत सोमबार समितिले निर्देशन दिएको दिन करीब दुई हजार ५०० ले मात्र आवेदन दिएकामा अहिले भने त्यो सङ्ख्या वृद्धि भएको छ । “समितिले निर्देशन दिएको केही दिनसम्म आवेदन दिनेको सङ्ख्यामा कमी आएको थियो”, उनले भने, “तर अहिले भने पहिल्यैकै जस्तै आवेदन आउन थालेका छन् । आवेदन दिने समय सकिन थालेकाले आवेदन दिनेको सङ्ख्यामा वृद्धि भएर सर्भरको चापसमेत बढेको छ ।”

समितिले निर्देशन दिएको दिनसम्म करीब ५१ हजार ४६३ जनाले आवेदन फाराम भरेकामा अहिले फाराम भर्न पाँच दिनमात्र बाँकी छँदा एक लाख १८ हजार ३४१ जनाले मात्र आवेदन फाराम भरेका छन् ।

आवेदन खुला गरेको १५ दिन बितिसक्दा पनि सोचेअनुसारको आवेदन नआएको उनको भनाइ रहेको छ । उनका अनुसार आवेदन दिनेमा महिला २९ हजार २६७, जनजाति १३ हजार ७५१, मधेशी छ हजार ७३२, दलित ८४४, अपाङ्गता ५६ र पिछडिएका ३७ जना रहेका छन् ।

गत जेठ १५ गतेदेखि असार ३ गतेसम्मका लागि ५१५ स्थानीय तहका लागि आयोगले विभिन्न ९ हजार १६१ पदका लागि आवेदन माग गरेको छ ।

आवेदन फाराम भरेकामध्ये करीब ४० हजार ५०० ले दस्तुर बुझाएका छन् ।

एकैपटक धेरेको सङ्ख्यामा कर्मचारीको माग गरेकाले आयोगले करीब पाँचदेखि छ लाख परीक्षार्थीले आवेदन दिनसक्ने आँकलन गरेको थियो । उनले अझै केही दिन आवेदन दिने समय भएकाले सङ्ख्या वृद्धि हुनसक्ने बताए ।

समितिले मङ्गलबार नै विज्ञापन रोक्न निर्देशन दिएको पत्र आयोगमा पठाए पनि आयोगका अध्यक्ष उमेशप्रसाद मैनाली मुलुक बाहिर रहेकाले समय लाग्ने आयोगका सूचना अधिकारी सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  २ : ३० बजे

भटौली खोलाको बाढीले पक्की पुलमा क्षति, सवारी आवागमन बन्द

रामेछाप– रामेछापको भटौली खोलामा रहेको पक्की पुलमा बाढीले क्षति गरेपछि

फैसला कार्यान्वयनमा सक्रियता बढाउँदै चितवन प्रहरी

चितवन– विभिन्न आपराधिक कार्यमा संलग्न रहेर फरार भएका एक हजार

म्याग्दीका करिब नौ सय घरमा विद्युत् सुविधा विस्तार

म्याग्दी– म्याग्दीमा पछिल्लो एक वर्षको अवधिमा करिब नौ सय घरपरिवारमा

कालीगण्डकीको बहाव यस वर्षकै उच्च, शालिग्राम शिला डुबानमा

पर्वत– लगातारको वर्षाका कारण कालीगण्डकी नदीको बहाव उच्च विन्दुमा पुगेको

खेलअघि भारतीय फाइटर कोरेनले भनेका थिए– रवीन्द्र त बच्चै हो, लड्न नआए राम्रो !

काठमाडौं– ‘ऊ त बच्चा हो । म उसको दिमागै निकालिदिन्छु।