मुग्लिन–काठमाडौं सडक दैनिक तीन घण्टा बन्द, यसरी भइरहेछ काम (तस्बिरहरु) « Khabarhub

मुग्लिन–काठमाडौं सडक दैनिक तीन घण्टा बन्द, यसरी भइरहेछ काम (तस्बिरहरु)


७ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

चितवन– मुग्लिन–काठमाडौं सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने भएको छ ।

स्तरोन्नतिसहित निर्माणाधीन उक्त सडक विस्तारका क्रममा घुम्तीलगायत केही स्थानमा कटान गर्नुपर्ने भएकाले आजदेखि पुस १३ गतेसम्म दैनिक बिहान ११ देखि दिउँसो २ः०० बजेसम्म बन्द गरिने नागढुङ्गा–मुग्लिन सडक आयोजनाले जनाएको छ ।

आयोजनाले सूचना जारी गर्दै सो राजमार्ग भएर काठमाडौं जाने आउने सवारीचालकले लेन अनुशासन पालना गरी सवारी चलाउन आग्रह गरेको छ । सो समयमा एम्बुलेन्स, प्रहरीका सवारी र दमकलजस्ता अत्यावश्यक सवारीसाधन चल्न रोकावट नहुने जनाइएको छ ।

नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डका इन्जिनियर विजय दराईका अनुसार पोखरेभिर मोड सुधारका लागि नौबिसेबाट गजुरी तर्फ जाने भारी सवारीसाधन गल्छी–बैरेनी र हलुका सवारीसाधन जरेखेतमा रोकिने छन् ।

यसैगरी चितवनतर्फबाट नौबिसे जाने सवारीसाधन चालिसे र घाटबेँसीमा रोकिनेछन् । विशालटार मोड सुधारका लागि मुग्लिनबाट मलेखु जाने सवारीसाधन मझिमटार र चरौंदी बजारमा रोकिनेछन्।

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  ८ : २४ बजे

मन्त्रिपरिषद् बैठक बस्दै, के छन् एजेन्डा ?

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन्

मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

सर्लाही– सर्लाहीको रामनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ३१ हजार राजस्व सङ्कलन

काठमाडौँ– बितेका २४ घण्टामा एक हजार ६८७ सवारी चालक सवारी

संसद्‍मा आज प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने : अर्थमन्त्री वाग्लेले जवाफ दिने

काठमाडौँ – सरकारको नीति तथा कार्यक्रममाथि सांसदले उठाएका प्रश्नको जवाफ

ज्याकराण्डाले सिंगारियो लेकसाइडको गौरीघाट (तस्बिरहरु)

पोखरा– पर्यटकीय शहर पोखराको गौरीघाट क्षेत्र यतिबेला बैजनी रङका ज्याकरण्डा