‘मानवअधिकारका विषयमा तालिबानलाई विश्वास गर्न सकिन्न’ « Khabarhub

‘मानवअधिकारका विषयमा तालिबानलाई विश्वास गर्न सकिन्न’


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मानवअधिकारप्रति अफगानिस्तानमा शासन गरिरहेको तालिबानको विश्वास नै नरहेको एकजना मानवअधिकारवादीले बताएकी छिन् ।

मानवअधिकारवादी संस्था ह्युमन राइट्स वाचमा महिलाअधिकारका लागि निर्देशक तथा अफगानिस्तानका विषयमा पूर्व वरिष्ठ शोधकर्ता हेदर बारले तालिबानलाई मानवअधिकारका लागि विश्वास गर्न नसकिने बताएकी हुन् ।

उनले ट्विट गर्दै भनेकी छिन्– ‘तालिबानको नेृतत्वमा रहेको कोही पनि महिला अधिकारका लागि विश्वास गर्न लायक छैनन् ।’

‘सत्ता कब्जा गर्ने बेला उनीहरुले महिला तथा बालिकालाई सम्मान गरेको देखाएका थिए । हरेक दिन महिलाविरुद्ध नयाँ कदम चालिएका छन् र यो अझ बढिरहेको छ ।’ उनको ट्विटमा उल्लेख छ ।

गत वर्षको अगष्ट महिनामा अफगानिस्तानको सत्ता कब्जा गरेयता त्यहाँ महिला तथा मानव अधिकार कटौती हुँदै गएको बताइन्छ । हालैमात्र तालिबानले टेलिभिजनमा समाचार वाचन गर्ने महिला प्रस्तोताहरुलाई अनुहार छोप्न उर्दी जारी गरेको थियो ।

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  ८ : ३० बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन