अवैध लागूऔषध सहित पाँच जना पक्राउ « Khabarhub

अवैध लागूऔषध सहित पाँच जना पक्राउ


१७ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तनहुँ र दाङबाट अवैध लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । 

तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट करिब ७ केजी ५ सय ग्राम गाँजा सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा स्याङजा वालिङ नगरपालिका–१ बस्ने २४ वर्षीय विशाल सुनार र सोही नगरपालिका–९ बस्ने २४ वर्षीय आकाश तामाङ रहेका छन् ।  ग.१ ख ६०१९ नम्बरको बसलाई अस्थायी प्रहरी पोष्ट मुग्लिङ पूलजिपबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

दाङको घोराही उपमहानगरपालिका–१७ भानु महराबाट करिब ७ ग्राम ८७ मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही उपमहानगरपालिका–१४ बस्ने २४ वर्षीय पुजन राज कुँवर लगायत छन् । 

जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले घोराही उपमहानगरपालिका–१७ भानु महरा बस्ने २७ वर्षीय सुबास जिएमको घरमा तलासी गर्दा उक्त पदार्थ सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

 

प्रकाशित मिति : १७ जेठ २०७९, मंगलबार  १२ : ३६ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन