भिडियोमा सुरक्षा र निराजनको एक्सन अवतार (भिडियो) « Khabarhub

भिडियोमा सुरक्षा र निराजनको एक्सन अवतार (भिडियो)


१७ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एक्सन जनरामा म्युजिक भिडियो निर्माण भएको छ । सार्वजनिक गरिएको  ‘गन्तव्य’ बोलको गीतको भिडियोमा अभिनेत्री सुरक्षा पन्त एक्सन अवतारमा प्रस्तुत छिन् । यो म्युजिक भिडियोबाट उनले आफूलाई एक्सनमा राम्रो सम्भावना देखाएकी छन् । आरके खत्रीको आवाजमा रहेको गीतमा सूर्य अधिकारीको र्‍याप छ भने मेलोडी म्युजिक गायक खत्रीले नै दिएका छन् । त्यस्तै, गीतमा गायकद्वय खत्री र अधिकारीको शब्द रचना छ । 

म्युजिकलाई ठाउँ-ठाउँमा ब्रेक गर्दै भिडियोमा एक्सनलाई प्राथमिकताका साथ स्थान दिइएको छ । भिडियोमा सुरक्षाको अपोजिटमा निराजन प्रधानले अभिनय गरेका छन् । पैसाका लागि गलत काममा होमिएका उनीहरूबीचको प्रेम र पैसाका लागि निराजनले सुरक्षामाथि गर्ने गलत व्यवहारको कथा भिडियोमा देखाइएको छ ।

हरी हुमागाईंले भिडियोको निर्देशन गरेका हुन् । भिडियोको कन्सेप्ट पनि उनी स्वयंको हो । शंकर महर्जनले द्वन्द्व निर्देशन गरेको भिडियोमा प्रवीन श्रेष्ठको कलर, राजेश शाहको भिएफएक्स र दीपु पौडेलको मेकअप छ । उत्तम हुमागाईं र राजेन्द्र हुमागाईंले छायांकन गरेको भिडियोलाई देवन प्रोडक्सनले निर्माण गरेको हो ।

गीत सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेत्री पन्तले नेपाली समाजमा देखिरहेकै घटनालाई भिडियोमा उतारिएको बताइन् । उनले भनिन्, ‘जीरो टोलरेन्सको आइडियामा भिडियो बनाएका हौं । एक्सनमा भिडियो बनाउने निर्देशक हरी हुमागाईँको आइडिया मन पर्‍यो अनि मैले पनि केही सिक्न पाउँछु भन्ने लोभले काम गरेको हुँ ।’ उनले निराजनसँग लामो समयपछि काम गर्न पाएकोमा खुशी व्यक्त गरिन् ।

पहिलो पटक एक्सन जनराको म्युजिक भिडियोमा काम गरेका निराजनले  ‘गन्तव्य’ गीतको भिडियोले नेपाली समाजको अहिलेको अवस्था बोलेको बताए । भिडियोले महिलालाई मजबुत बन्न थप हिम्मत दिने उनको विश्वास छ । प्रधानले चलचित्र नै बन्ने कथामा भिडियो बनेको बताउँदै निकट भविष्यमा चलचित्रको सोच रहेको बताए ।

प्रकाशित मिति : १७ जेठ २०७९, मंगलबार  ३ : २८ बजे

नेपाली सेनाको ९६ जना सैनिकलाई दर्ज्यानी चिह्न प्रदान

भक्तपुर – भक्तपुरको सूर्यविनायकस्थित रणशेर गण सूर्यविनायक ब्यारेकमा आज नौ

पश्चिम नवलपरासीमा व्यावसायिक मेवाखेती सुरु

नवलपरासी – बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा अर्ग्यानिक मेवाखेतीबाट प्रशस्त आम्दानी

आईपीएल : आरसीबीविरुद्ध गुजरातको शानदार सुरुवात

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत ३४औँ खेलमा

अवैध रूपमा भारतबाट नेपाल भित्र्याइएका इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

पर्सा – सशस्त्र प्रहरी बल नेपाल पर्साले अवैध रूपमा भारतबाट

सुकुम्वासी समस्या दीर्घकालीन रुपमा समाधान गर्न सरकारलाई कांग्रेसको सुझाव

काठमाडौं – नेपाली कांग्रेसले सुकुम्वासी बस्तीका समस्याको दीर्घकालीन समाधानका लागि