मोना लिसाको चित्रमाथि केक प्रहार « Khabarhub

मोना लिसाको चित्रमाथि केक प्रहार


१७ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वृद्ध महिलाको भेषमा ह्विलचेयरमा आएका एक व्यक्तिले पेरिसको लुभ्रमा लियोनार्दो दा भिन्चीको प्रसिद्ध चित्र मोना लिसामा केक प्रहार गरेका छन् । प्रहार गरिएको केक सो चित्रलाई छोप्नेको सिसामा परेको छ ।

नक्कली कपाल र लिपिस्टिक लगाएका ती व्यक्ति जलवायु अभियन्ता रहेको विश्वास गरिएको छ । उनले केक प्रहार गर्ने बेला मानिसहरूलाई ‘पृथ्वीको बारेमा सोच्न’ आग्रह गरेको बताइएको छ । सो घटनलाई प्रत्यक्षदर्शीहरूले अनौठो भनेका छन् । 

अमेरिकाबाट म्युजियममा पुगेका लुक सुन्डवर्ग पनि सो घटनाका प्रत्यक्षदर्शीहरू मध्येका एक हुन् । 

‘ह्विलचेयरमा एक मानिस एउटी वृद्धाको भेषमा चित्रतर्फ बढेर मुक्का प्रहार गरेर केक फालिदिए’ २० वर्षीय सुन्डवर्गले भने ।

ती मानिसलाई सुरक्षाकर्मीले तत्कालै नियन्त्रणमा लिएका थिए । ग्यालरीमा गुलाबसमेत फालेका ती व्यक्तिलाई प्रहरीले घेरा हालेको थियो । प्रहरी घेराबीच उनले ‘पृथ्वीबारे सोच’ भनेका थिए ।

‘मानिसहरूले पृथ्वीलाई विनाश गरिरहेका छन् । यसबारे सोच्नुहोस् । कलाकारले पृथ्वीको बारेमा सोच्न भन्छ । त्यही भएर मैले यो काम गरे’ ३६ वर्षका ती व्यक्तिले भने ।

पक्राउपछि उनलाई प्रहरीको साइक्याट्रिक युनिटमा राखिएको जनाइएको छ ।

यद्यपि मोना लिसामा क्षति पुर्‍याउने प्रयास भने यो पहिलो नभएको जनाइएको छ । सन् १५०३ देखि सन् १५१९ सम्म लियोनार्दो दा भिन्चीले सिर्जना गरेको यस चित्रमा यसअघि पनि क्षति पुर्‍याउने प्रयास हुँदै आएको स्पेनी अखबार मार्काले जनाएको छ ।

मार्काका अनुसार यसअघि सन् १९११ मा मोना लिसाको चित्र चोरी पनि भएको थियो । चोरी भएको तीन वर्षसम्म मोना लिसा बेपत्ता भएको थियो ।

सन् १९५० तिर कसैले यस चित्रमा सल्फ्युरिक एसिड प्रहार गरेको थियो । यसबाहेक एकजना बोलिभियाली विद्यार्थीले पनि यसअघि मोना लिसाको चित्रमा ढुङ्गा प्रहार गरेको जनाइएको छ ।

यस्तै, सन् १९७४ मा जापानको राजधानी टोकियोमा प्रदर्शनमा राखिँदा ह्विलचेयरमा आएकी एक महिलाले चित्रमा रातो रङ्ग पोत्ने प्रयास गरेकी थिइन् । त्यस्तै, सन् २००९ मा पनि एकजना रुसीले मोना लिसामाथि चिया फ्याँकेको जनाइएको छ ।

प्रकाशित मिति : १७ जेठ २०७९, मंगलबार  ३ : ४६ बजे

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशमा सरोकारवालासँग छलफल

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रमलाई समयसापेक्ष, व्यावहारिक, जीवनोपयोगी तथा प्रभावकारी बनाउन

भोटेकोशी बाढी : एक हजार २९३ शव फेला

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म एक

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

काठमाडौँ- चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको

सुरुङबाट उद्धार गरिएका दुवैको आईसीयूमा उपचार हुँदै, कबीरले सुरुमा चिनेनन् आफन्त

काठमाडौं– रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट जीवित उद्धार गरिएका