९४ किलो चाँदीका पाउजुसहित एक चारतीय नागरिक पक्राउ « Khabarhub

९४ किलो चाँदीका पाउजुसहित एक चारतीय नागरिक पक्राउ


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी – सशस्त्र प्रहरी सीमा सुरक्षा बलले चाँदीका तयारी गहनासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बलको बीओपी स्वर्णपट्टीबाट खटिएको टोलीले बोदेबर्साइन नगरपालिका-९ स्थित इँटा भट्टा नजिकबाट भारतको बिहार राज्य मधुवनी जिल्ला खुटौना ग्राम पञ्चायत-११ कामट टोलका २२ वर्षीय वशिष्ठ चौधरीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका चौधरीको साथबाट चार लाख ३८ हजार ९५७ रूपैयाँ बराबरको २८ जोडी ९४ किलो चाँदीको तयारी पाउजु बरामद गरिएको सशस्त्र प्रहरी सीमा सुरक्षा बलका प्रहरी उपरीक्षक प्रदीप खडकाले जानकारी दिए ।

चौधरीले कम्मरमा लुकाएर ल्याउँदै गरेको अवस्थामा शंका लागेर जाँच गर्दा अवैध गहना फेला परेपछि बरामद गरिएको खड्काको भनाइ छ।

चौधरीलाई आवश्यक कारवाहीका लागि राजविराज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  ९ : ४१ बजे

रुम-ताराखोला सडक स्तरोन्नति सुरु

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुम र बागलुङको ताराखोला गाउँपालिका जोड्ने

चिसियो बक्स अफिस

काठमाडौं- पछिल्लो समय प्रदर्शनमा आएका नेपाली फिल्महरुको व्यापार निराशजनक देखिएको

उत्पीडित समुदायको अधिकारका लागि अझै संघर्ष गर्नुपर्ने छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

रास्वपाले टुंग्यायो ३३ क्षेत्रका उम्मेदवार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

यसरी छानिँदै छ निर्वाचन प्रहरी (तस्बिरहरू)

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयहरूमा दरखास्त फाराम दर्ता