भद्रपुरका लागि उडेको बुद्धको जहाज बीचबाट फर्काएर काठमाडौँमै अवतरण « Khabarhub

भद्रपुरका लागि उडेको बुद्धको जहाज बीचबाट फर्काएर काठमाडौँमै अवतरण


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको जहाज पुनः काठमाडौँमै फिर्ता भएको छ ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार फ्लाइट नम्बर-९५३ ‘ए–एनपी’ को जहाज ११ बजेर १० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ ।

बिहान १० बजेर ४३ मिनेटमा उडेको जहाजको पछिल्लो टायरका केही पार्ट धावनमार्गमा भेटिएपछि काठमाडौँ फर्काइएको हो। जहाजमा ६९ जना यात्रु सवार थिए। यात्रुलाई अर्को उडानमार्फत भद्रपुर पठाइँदै छ।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार काठमाडौँबाट ३० नटिकल माइल उडेको जहाज काठमाडौँ फिर्ता भएपछि विमानस्थल बन्द गरिएको छ ।

अहिले प्राविधिक जाँच गरिँदै छ ।

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  १ : ०२ बजे

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा केही गिरावट आएको छ ।

मकवानपुरमा चुनावी चहलपहल बढ्दै

हेटौँडा– प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै मकवानपुरका सहरी एवं ग्रामीण

निर्वाचन केन्द्रित सर्वदलीय बैठक सम्पन्न

रसुवा– रसुवामा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण ढङ्गले

गरगहना चोर्नेलाई प्रहरीले गोली हानेर समात्यो, ट्रमा सेन्टरमा उपचार हुँदै

काठमाडौं– काठमाडौं महानगरपालिका–६ बौद्ध टुसालका रिन्जी लामाको घरबाट एक करोड

डा. बाबुराम भट्टराईलाई पितृशोक

काठमाडौं – पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईका पिता भोजप्रसाद भट्टराईको