भद्रपुरका लागि उडेको बुद्धको जहाज बीचबाट फर्काएर काठमाडौँमै अवतरण « Khabarhub

भद्रपुरका लागि उडेको बुद्धको जहाज बीचबाट फर्काएर काठमाडौँमै अवतरण


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको जहाज पुनः काठमाडौँमै फिर्ता भएको छ ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार फ्लाइट नम्बर-९५३ ‘ए–एनपी’ को जहाज ११ बजेर १० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ ।

बिहान १० बजेर ४३ मिनेटमा उडेको जहाजको पछिल्लो टायरका केही पार्ट धावनमार्गमा भेटिएपछि काठमाडौँ फर्काइएको हो। जहाजमा ६९ जना यात्रु सवार थिए। यात्रुलाई अर्को उडानमार्फत भद्रपुर पठाइँदै छ।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार काठमाडौँबाट ३० नटिकल माइल उडेको जहाज काठमाडौँ फिर्ता भएपछि विमानस्थल बन्द गरिएको छ ।

अहिले प्राविधिक जाँच गरिँदै छ ।

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  १ : ०२ बजे

केपी ओलीलाई रविको चुनौती : पार्टीमा जस्तै संसदीय चुनाव पनि जितेर देखाउनू

काठमाडौं- राष्ट्रिय स्वन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेर र

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये