जहाज दुर्घटना : मृतकको शव परीक्षण गरिँदै | Khabarhub Khabarhub

जहाज दुर्घटना : मृतकको शव परीक्षण गरिँदै


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिकूल मौसमका कारण आइतबार मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा दुर्घटनामा परेको तारा एयरको जहाजमा मृत्यु भएकाको शव परीक्षण गर्न सुरु गरिएको छ । मृतक २२ जनाकै शवको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शव परीक्षण गर्ने कार्य भइरहेको अस्पतालले जनाएको छ । तारा एयरको ९ एनएइटी कलसाइन भएको उक्त ट्विनअटर विमान दुर्घटनामा परेर ज्यान गुमाएका २२ जनाको शव परीक्षण गरिँदैछ । 

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शव परीक्षण भइरहेको छ । अस्पतालका अनुसार अहिलेसम्म १० वटा शव परीक्षण गरिसकिएको छ । शव परीक्षण सकिएपछि एकैपटक मृतकका आफन्तलाई शव हस्तान्तरण गरिने अस्पताल व्यवस्थापनले जनाएको छ । 

आइतबार पोखराबाट उडेको उक्त ट्विनअटर विमान सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेस्थित मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । उक्त जहाज दुर्घटनामा परी चालक दलका तीन सदस्य, १३ नेपाली नागरिक, चार भारतीय नागरिक तथा दुई जना जर्मन नागरिकको ज्यान गएको थियो । 

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  ७ : २० बजे

कोशीका गोठ रित्तै !

चतरा (सुनसरी) – समयान्तर विश्लेषण गर्नुपर्दा एउटा आहान कोशी किनाराका

आन्तरिक पर्यटकको रोजाइमा दाङको कुलपानी हरित उद्यान

दाङ– दाङको गढवा गाउँपालिका– १ बडहरास्थित कुलपानी हरित उद्यान (पार्क)

वीरगञ्ज नाकाबाट एक खर्ब ७४ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज– चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका भएर एक

इरान आक्रमणपछि राष्ट्रको नाममा सम्बोधन गर्दै ट्रम्पले गरे सेनाको प्रशंसा

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिले इरानमा भएको आक्रमणका

काभ्रेको पाँचखालमा ‘विषादीरहित’ तरकारी सङ्कलन केन्द्र सञ्चालन

काभ्रे– काभ्रेको खाद्यान्न तथा तरकारीको भण्डारका रूपमा परिचित पाँचखाल नगरपालिकामा