यो बजेट तपाईंहरुको हो, सबै मिलेर कार्यान्वयन गरौँ: अर्थमन्त्री शर्मा | Khabarhub Khabarhub

यो बजेट तपाईंहरुको हो, सबै मिलेर कार्यान्वयन गरौँ: अर्थमन्त्री शर्मा


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले सरकारले ल्याएको बजेटमा सबैको अपनत्व भएकाले मिलेर कार्यान्वयन गर्न सबै पक्षलाई आग्रह गरेका छन् ।

नेपाल आर्थिक संघ र बैंक तथा वित्तीय संस्था परिसंघले आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । उक्त कार्यक्रम अर्थ मन्त्रालयको सहकार्यमा आयोजना गरिएको थियो ।

कार्यक्रममा बोल्दै उनले भने, ‘यो बजेट तपाईंहरुको हो, मत केबल प्रतिनिधि मात्र हुँ ।’

साथै उनले सबैले मिलेर कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

यो वर्षको बजेट आम जनताले स्वामित्व लिन सक्ने गरी बनाइएको पनि उनले बताए ।

अर्थमन्त्री शर्माले बजेटमा पुँजीबजार सुधारका विषयहरु पनि समावेश गरिएको बताए । बजेटको बुँदा नम्बर ३३२ मा यसबारेमा समेटिएको उनले बताए ।

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  १० : ०९ बजे

एमाले प्रवेश गर्ने नेताहरूलाई उचित जिम्मेवार दिइन्छ: शंकर पोखरेल

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टी प्रवेश

सर्वोत्कृष्ट वैज्ञानिकको सूचीमा परे नेपालमै कार्यरत ३१ जना

ललितपुर– विश्वका सर्वोत्कृष्ट वैज्ञानिकहरूको सूचीमा ३१ जना नेपालमा कार्यरत वैज्ञानिकहरू

उत्तरी गोरखाबाट सुत्केरी र शिशुको उद्धार

गोरखा – उत्तरी गोरखाबाट एक सुत्केरी र शिशुको उद्धार गरिएको

महाधिवेशनको मितिले कांग्रेसमा भाँडभैलो

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५औँ महाधिवेशनको मिति

एशियन डिजास्टर प्रिपेयर्डनेस सेन्टरको अध्यक्षमा नेपाल

काठमाडौं – एसियन डिजास्टर प्रिपेयर्डनेस सेन्टरको नेतृत्व आजदेखि नेपालले गरेको