कोइराला निवास पुग्दा कार्यकर्ताहरु मन्दिरमा जस्तै ढोगेर प्रवेश गरेपछि... | Khabarhub Khabarhub

कोइराला निवास पुग्दा कार्यकर्ताहरु मन्दिरमा जस्तै ढोगेर प्रवेश गरेपछि…


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बिराटनगर- सरकारले बिराटनगरस्थित कोइराला निवासबाट सुरक्षाकर्मी हटाएपछि आक्रोशित कांग्रेस कार्यकर्ताहरु बिराटनगर पुगेका छन् ।

काठमाडौको सुन्दरीजलमा रहेको बीपी संग्रहालयका अध्यक्ष परशुराम पोख्रेलको नेतृत्वमा करिब २ सयको संख्यामा कार्यकर्ताहरु बिराटनगरस्थित कोइराला निवास पुगेका हुन् ।

पोखरेलको नेृतत्वमा गएका कांग्रेस कार्यकर्ताले कोइराला निवासलाई मन्दिरको स्वरूप सम्झदै टाउको भूँइमा राखी ढोगेर प्रवेश गरे । काठमाडौंबाट बिराटनगर पुगेका कांग्रेसका नेता कार्यकर्ताले मन्दिरजस्तै ढोगेपछि उपस्थित सबैलाई स्तब्ध बनाएको कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बुले बताए ।

बिराटनगरमा निवासका सहयोगी शुभनारायण राय, मोरङ कांग्रेसका सभापति डिगबहादुर लिम्बु, सचिब मोदराज घिमिरे, बिराटनगर महानगरका मेयर भीम पराजुली, कांग्रेस नेतृ रुक्मणी कोइराला, ट्रेड युनियन कांग्रेसका नेता नारायणबाबु कार्की, प्रदेशसभा सदस्यहरु लोकप्रसाद संग्रौला र शिवनारायण सिंह लगायत बिराटनगरका स्थानीय उनीहरुलाई स्वागत गरेका थिए ।

मोरङ सभापति लिम्बुले भने, ‘बिराटनगर आएकाहरुले शुक्रबार दिउँसो कोइराला निवास दण्डवत गरेरै प्रवेश गरे । यति ठूलो संख्यामा कार्यकर्ताले निवासको भुइमा दण्डवत गरेर एकै पटक कोइराला निवास प्रवेश गरेको यो पहिलो घटना हो । यो घटनाले कोइराला निवासको गरिमा र महत्व अझ उचाइमा पुगेको छ ।’

बीपी संग्रहालयका अध्यक्ष पोखरेलले बीपी र गिरिजाप्रसाद कोइरालाको विचार तथा आर्दशलाई मेची देखि महाकालीसम्म एउटै मालामा गोलबन्द गर्न यो अभियान शुरु गरिएको बताए ।

टोली पहिलो चरणमा कोइराला परिवारको पुर्ख्यौंली थलो सिन्धुलीको दुम्जा भ्रमण सकेर बिराटनगर पुगेको उनले जानकारी दिए ।

दोस्रो चरणमा गणतन्त्रात्मक संविधान जारी गर्ने पूर्वप्रधानमन्त्री सुशील कोइरालको कर्म थलो नेपालगन्ज र पूर्व प्रधानमन्त्री शेरवहादुर देउवाको गृह जिल्ला डडेलधुरा भ्रमण गर्ने कार्यक्रम तय गरिएको पोखरेलले बताए ।

सहभागीहरुले कोइराला निवासबाट संघीय सरकारले सुरक्षाकर्मी हटाउनु दुखद् घटना भएको बताउँदै सरकारले बीपी र गिरिजाप्रसादमाथि अपमान गरेको टिप्पणी गरे ।

पञ्चायतकालमा कांग्रेसको सुराकी लिनकै लागी भएपनि निवासमा सुरक्षाकर्मी राखिएको स्मरण गर्दै गणतन्त्र आएपछि हठाहत फिर्ता बोलाउनु पञ्चायत भन्दा नेकपाको सरकार निरंकुश भएको पोखरेलले टिप्पणी गरे ।

यस विषयमा ध्यानाकर्षण गराउन प्रदेशका आन्तरिक मामीलामन्त्री हिक्मत कार्कीलाई ज्ञापन पत्र बुझाउने उनले बताए । भारतको फारविसगन्ज कांग्रेसले गरेको विमान अपरण घटनास्थल अवलोकन गर्न टोली शुक्रबार नै त्यसतर्फ प्रस्थान गरेको छ । विमान अपरणका कमान्डर बसन्त भट्टराई फारविसगन्ज सँगै गएका छन् ।

पञ्चायतविरूद्धको आन्दोलनको क्रममा बीपी कोइरालाले ८ वर्ष सुन्दरीजलमा कष्टकर जेल जीवन विताएका थिए । सोही स्मरणमा सुन्दरीजलको माटो र संग्राहलयको तस्वी कोइराला निवासलाई हस्तान्तरण गरियो । संग्राहलयका अध्यक्ष पोखरेलले मोरङ कांग्रेसका सभापति डिगबहादुर लिम्बू र निवासकी सहयोगी पाना उराककवलाई माटो र तस्वीर हस्तान्तरण गरे ।

मोरङ कांग्रेस सभापति लिम्बूले कोइराला निवास प्रजातन्त्रबादीहरूको आस्थाको धरोहर भएको बताउँदै निवासले कांग्रेसलाई संस्कारको पाठ सिकाएको बताए । कोइराला निवासले उठाएको मुद्दालाई समाजमा रूपान्तरण गर्न सके कांग्रेस थप बलियो बन्ने धारणा राखे ।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  ८ : ०७ बजे

नासा र स्पेसएक्सको नयाँ अन्तरिक्ष मिसन प्रक्षेपण अर्को हप्ता

एजेन्सी – नासा र स्पेसएक्सले आगामी सेप्टेम्बर २६ मा अन्तर्राष्ट्रिय

यस्ता छन्‌ यो वर्षको दशैँका साइत, अष्टमी र नवमी एकैदिन

काठमाडौं – नेपाल पञ्‍चाङ्ग निर्णायक विकास समितिले २०८१ सालको बडादशैँका

मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य

धनुषा – मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य गरिएको छ

बालेनलाई प्रगति विवरण बुझाएर बिदा भए सहसचिव परियार

काठमाडौं – नगर प्रमुख बालेन शाहले काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय

कोशी प्रदेश सभाको बर्खे अधिवेशन अन्त्य

विराटनगर – कोशी प्रदेशसभाको पाचौँ अधिवेशन आजदेखि अन्त्य भएको छ