तारा एयरको पोखरा-जोमसोम-पोखरा उडान २७ जेठसम्म बन्द हुने « Khabarhub

तारा एयरको पोखरा-जोमसोम-पोखरा उडान २७ जेठसम्म बन्द हुने


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तारा एयरको पोखरा-जोमसोम-पोखरा उडान बन्द हुने भएको छ ।

२० देखि २७ जेठसम्मका लागि उक्त रुटको उडान बन्द गरिएको यति एयरले जनाएको छ । बिहीबार सूचना जारी गर्दै यति एयरले विशेष कारणबस भोलि २० देखि २७ जेठसम्मका लागि तारा एयरको पोखरा-जोमसोम-पोखरा उडान स्थगित गरिएको जनाएको छ ।

पोखरादेखि जोमसोमका लागि उडेको तारा एयरको विमान आइतबार दुर्घटनामा परेको थियो । दुर्घटनामा २२ जनाको मृत्यु भएको थियो । विमान दुर्घटनामा परी ज्यान गुमाउनेहरूको शव आज मात्रै आफन्तलाई बुझाइएको छ ।

सरकारले उक्त विमान दुर्घटनाका विषयमा जाँच गर्न एक आयोग गठन गरेको छ । उक्त आयोगलाई विमान दुर्घटनाको कारण र आगामी दिनमा दुर्घटना हुन नदिन चालिनुपर्ने कदमबारे सुझाव दिन कार्यादेश सरकारले दिएको छ ।

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  ३ : ४७ बजे

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी