दबावमा होइन उत्कृष्टताका आधारमा सरुवा/बढुवा : प्रहरी महानिरीक्षक « Khabarhub

दबावमा होइन उत्कृष्टताका आधारमा सरुवा/बढुवा : प्रहरी महानिरीक्षक


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले राजनीतिक दबावले भन्दा पनि उत्कृष्टताका आधारमा प्रहरी कर्मचारीको सरुवा/बढुवा हुने बताएका छन् ।

प्रहरी महानिरीक्षक भएको एक महिना पूरा भएको अवसरमा आज प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार भेटघाटका क्रममा उनले उत्कृष्ट र कार्य दक्षता हेरेर नै सरुवा/बढुवा हुने स्पष्ट पारे । अन्य कारणबाट गरिएको बढुवाले सङ्गठनको श्रीवृद्धिमा सहयोग नगर्ने पनि उनको धारणा राखे ।

मिडियामा आएका कतिपय कुरामा सत्यता बुझ्न पनि उनले पत्रकारलाई आग्रह गरे । उनले सङ्गठन प्रमुख फेरिँदैमा प्राथमिकता नफेरिने बरु त्यसलाई सफलरुपमा कार्यान्वयन गर्नु महत्वपूर्ण कुरा भएको उल्लेख गर्दै आफूले अहिले विगतका योजना कार्यान्वयनमा ध्यान दिएको बताए ।

प्रहरी महानिरीक्षक सिंहले सङ्गठनको निष्पक्षतामा कुनै सम्झौता नहुने र प्रहरीको नियमभन्दा बाहिर जाने कारवाहीको भागिदार हुने पनि बताए । प्रहरी कार्यालयमा जाहेरी लिन आनाकानी गरेका सन्दर्भमा उठेको जिज्ञासामा उनले अपराध संहितामा प्रहरीले जाहेरी लिनुपर्ने कुरा स्पष्ट उल्लेख भएकाले कुनै प्रहरी कार्यालयले जाहेरी नलिएमा त्योभन्दा माथिल्लो कार्यालय वा प्रशासन कार्यालयमा जाहेरी दिन सकिने पनि बताए ।

उनले सङ्गठित अपराधमा तथा अन्य घटनामा वस्तुनिष्ठ अनुसन्धान गरी निष्कर्षमा पुर्‍याउन प्रहरी कटिबद्ध रहेको पनि बताए। निर्मला पन्त प्रकरणको अनुसन्धानसमेत आफ्नो प्राथमिकतामा रहेको प्रहरी महानिरीक्षकको भनाइ छ । विसं २०५१ पछि पहिलो पटक एकै चरणमा स्थानीय तहको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएकामा उनले सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिए ।

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  ७ : १७ बजे

अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता कायमै रहेको मेक्सिकन राष्ट्रपतिको भनाइ

मेक्सिको सिटी- मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिका, मेक्सिको र क्यानडाबीचको व्यापार

सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ भारतभर प्रदर्शन हुने, ट्रेलरले जगायो चासो

काठमाडौं– नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यसहित तयार भएको ‘हिमालयन

खुँडा प्रहारबाट ७५ वर्षीया एक जनाको मृत्यु

मुगु– मुगु जिल्ला छायानाथ रारा नगरपालिका–५ का ७५ वर्षीया धनवीर

१५ वर्षपछि फर्किँदै ‘द डर्टी पिक्चर’, यसपटक कसको जीवनमा बन्नेछ कथा ?

बलिउडमा चर्चित फिल्म ‘द डर्टी पिक्चर’को दोस्रो भाग बन्ने भएको

आर्थिक सम्बन्ध विस्तारमा जोड दिने प्रस्तावित राजदूत जोशीको प्रतिबद्धता

काठमाडौं– जर्मनीका लागि प्रस्तावित नेपाली राजदूत सरु जोशीले कूटनीतिक माध्यमबाट