मुग्लिन–आँबुखैरेनी सडक नियमित सञ्चालनमा | Khabarhub Khabarhub

मुग्लिन–आँबुखैरेनी सडक नियमित सञ्चालनमा


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- दैनिक नौ घण्टा बन्द हुँदै आएको मुग्लिन–आँबुखैरनी सडक नियमित सञ्चालनमा आएको छ ।

चितवन र तनहुँ जोड्ने त्रिशुली नदीमा निर्माण सम्पन्न भएको पक्की पुलको दायाँबायाँ दुवैतर्फको सडकको पर्खाल सतह काटेर टेवा पर्खाल लगाउने काम तथा सडक कालोपत्र गर्नुपर्ने भएकाले यही जेठ १६ देखि ३० सम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र राति ९ बजेदेखि २ बजेसम्म बन्द गरिएको थियो ।

भित्ता काट्ने काम सम्पन्न भएकाले बिहीबार साँझदेखि नियमित सवारी सञ्चालनमा आएको ठेकेदार कम्पनी एलाइट एड्भेञ्चर लोहनी जेभीका मोतीलाल शर्माले जानकारी दिए ।

विसं २०७५ को चैत मसान्तमा काम सम्पन्न गर्नुपर्नेमा ठेकेदार कम्पनी एलाइट एड्भेञ्चर लोहनी जेभीले विविध कारण देखाउँदै समय थप मागेको थियो । थपिएको समय यही जेठ मसान्तसम्ममा पुल निर्माणकार्य सम्पन्न गरिएको हो ।

एक सय ६० मिटर लामो सो पुलको भाग १२० मिटर रहेको छ । सात दशमलव पाँच मिटरमा गाडी गुड्ने गरी बनाइएको पुल फुटपाथसहित ११ मिटर चौडा रहेको छ । मुग्लिन र आँबुखैरेनी जोड्ने निर्माणाधीन आरसिसी मोटर गुड्ने ‘आर्कब्रीज’ सञ्चालनमा आएपछि दुईतर्फी आवागमन सहज हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  ८ : ५३ बजे

प्रदेशको गौरव सडकमा कालोपत्र अन्तिम चरणमा

तनहुँ– गण्डकी प्रदेशको गौरव मानिएको कोरोला–त्रिवेणी सडक आयोजनाअन्तर्गत तनहुँको घिरिङ

धरान : तिर्खाएको काकाकुल !

सुनसरी- धरानमा खानेपानी ढुवानी गर्ने कुनै पनि ट्याङ्कर व्याबसायीलाई तपाईले

सप्तरीका अग्निपीडितलाई राहत वितरण

सप्तरी– आगलागीबाट घर नष्ट भएका सप्तरी चिम्टीका अग्निपीडितलाई राहत सामग्री

राजस्वको दुरुपयोग रोक्नुपर्नेमा सांसद साहको जोड

काठमाडौं– आम जनता पार्टी पार्टीका एवं सांसद प्रभु साहले मुलुकमा

गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार (भोलि) विश्वासको मत