अमेरिकाले एफ- १८ 'सुपर होर्नेट' लडाकु विमान भारत पठायो | Khabarhub Khabarhub

अमेरिकाले एफ- १८ ‘सुपर होर्नेट’ लडाकु विमान भारत पठायो


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमडौं– अमेरिकाले भारतमा दुई बोइङ एफ/ए– १८ ई सुपर होर्नेट लडाकु विमान पठाएको छ ।

लड्न सक्ने क्षमता प्रदर्शन गर्न अमेरिकाले भारतमा दुई लडाकु विमान पठाएको भारतीय समाचार संस्था प्रेस ट्रष्ट अफ इण्डिया पीटीआईले जनाएको छ । ती लडाकु विमान भारतको गोवा राज्यमा रहेको नौसैनिक अखडा पुगेको पीटीआईले जनाएको छ ।

भारतीय नौसेनाले भारतमै निर्मित विक्रान्त लडाकु विमानवाहक युद्धपोतका लागि लडाकु विमान खरिद गर्ने योजना बनाइरहेका बेला अमेरिकी लडाकु विमानलाई भारतीय नौसैनिक क्षेत्रमा पठाइएको हो ।

यसअघि गत जनवरी महिनामा भारतीय नौसेनाले रफायल लडाकु विमानको लड्न सक्ने क्षमता प्रदर्शन गर्नका लागि अभ्यास गरेको पीटीआईले जनाएको छ ।

भारतीय नौसेनाको लडाकु विमानवाहक युद्धपोत विक्रान्त यही अगस्ट महिनाबाट नौसैनिक सेवामा प्रवेश गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  ८ : ०० बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित