प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ « Khabarhub

प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गोरखाबाट प्रहरीले प्रतिबन्धित लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले गोर्खाको सिरानचोक गाउँपालिका-७ घर भई हाल काठमाडौँको बुढानीलकण्ठ नगरपालिका-७ हात्तिगैडा बस्ने ३४ वर्षीय तुलबहादुर ढकाललाई पक्राउ गरेको हो । ढकाललाई उनकै डेराबाट लागूऔषधसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

तुलबहादुर लगायतका मानिसले अवैध लागूऔषधको कारोबार गर्छन् भन्ने गोप्य सूचनाका आधारमा ढकाललाई निगरानी गरी उनी बस्ने कोठामा खानतलासी गर्दा ब्लाङकेटले छोपेर झोलाभित्र लुकाई छिपाई राखेको अवस्थामा डाइजेपामएमएल १०२० थान नुफिनएमएल लेखिएको ८५५ थान र  फेनारगनएमएल लेखिएको ८५० थान समेत गरी जम्मा २,७२५ एम्पुल नियन्त्रित लागू औषध फेला पारी गोेरखाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरी आवश्यक कानुनी कारबाहीको लागी प्रहरी वृत महाराजगंज पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । 

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  ८ : ११ बजे

अवैध रूपमा गोरु ओसारपसारको आरोपमा दुई जना पक्राउ, २० गोरुको उद्धार

कपिलवस्तु – कपिलवस्तु प्रहरीले अवैध रूपमा गोरु ओसारपसार गर्दै गरेको

हर्क साम्पाङ र सुदन किरातीबीच एकताको सहमति, आज औपचारिक घोषणा गरिने

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र पूर्वमन्त्री सुदन

रासायनिक मललाई प्रतिस्थापन गर्दै गँड्यौला मल

सिरहा– धनगढीमाई नगरपालिका–१० दनुवारी टोलकी अनिता महतोलाई अचेल रासायनिक मलको

आईपीएल क्रिकेट : लखनउसँग बैंगलुरु ९ रनले पराजित

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्ससँग रोयल

बचत तथा ऋणको कारोबार गर्न एघार हजार ६०० सहकारी दर्ताको प्रक्रियामा

काठमाडौं– राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा एघार हजार ६०० सहकारी दर्ताको