लोकसेवा र लाइसेन्सको जाँच दिने दुई नक्कली परीक्षार्थी पक्राउ « Khabarhub

लोकसेवा र लाइसेन्सको जाँच दिने दुई नक्कली परीक्षार्थी पक्राउ


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा- हेटौंडाबाट लोक सेवा आयोगको प्रशासन लेखा सहायक चौथो तहको परीक्षा र मोटरसाइकल चालक सवारी पत्रको नक्कली परीक्षार्थी पक्राउ परेका हुन् ।

लोकसेवाको सहायक चौथो तहको परीक्षामा महोत्तरीको साविक पोखभिण्डा गाविस बस्ने अभयकुमार यादवको परीक्षा दिइरहेका कास्कीको पोखरा महानगरपालिका-२ का ४२ वर्षीय दीपेन्द्रप्रसाद बास्ताकोटी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले बास्ताकोटीलाई नियन्त्रणमा लिएको हो । बस्ताकोटीको झोलाबाट प्रहरीले ५८ हजार ५ सय रुपैयाँ, अभयकुमार यादवको नामको नागरिकता, महोत्तरीकै सुजितकुमार साह, धनुषाका हीरा कुमारी, र विनोदकुमार महतोको नामको नागरिकता समेत बरामद गरेको छ ।

त्यसैगरी यातायात व्यवस्था कार्यालय हेटौडाले लिइरहेको मोटरसाइकलको सवारी चालक अनुमति पत्रको परीक्षामा बुवाको परीक्षा दिइरहेका छोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मकवानपुरको बकैया गाउँपालिका-७ का टुकनाथ गौतमको स्थानमा परीक्षा दिइरहेका उनकै २० बर्षीय छोरा सन्तोषलाई प्रहरीले पक्रेको हो ।

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  ९ : ३१ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना