प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादबारे जानकारी | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादबारे जानकारी


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले युरोप भ्रमणका क्रममा शुक्रबार फ्रान्सको सामोनी मोँ ब्लाँमा आयोजित समारोहलाई सम्बोधन गर्दै सगरमाथा संवादबारे जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओलीले यसै वर्षको अन्त्यसम्म नेपालले विश्व मञ्चका रुपमा सगरमाथा संवाद आयोजना गर्ने जानकारी दिएका हुन् ।

प्रधानमन्त्री ओलीले उक्त संवाद पर्यावरणका विषयमा केन्द्रित हुने र यो पहिलो चरणको विश्व मञ्च हुने बताए । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालका अनुसार कार्यक्रममा सो शहरका पूर्वप्रमुख मोरिस हर्जोले प्रधानमन्त्री ओलीलाई स्वागत गर्दै उपहार प्रदान गरेका थिए ।

हर्जोले धवलागिरि हिमालको सफलतापूर्वक आरोहण गरेका थिए । सोही अवसरमा फ्रान्सका लागि नेपाली सद्भावना दूत शृङ्खला खतिवडाले शुभकामना व्यक्त गरेकी थिइन्।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  ९ : १३ बजे

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा विगत तीन दिनदेखि सुनको मूल्य स्थिर छ

युरोपेली सङ्घको कूटनीतिक टोली काठमाडौंमा

काठमाडौं– नेपालस्थित युरोपेली सङ्घ (इयु)को प्रतिनिधिमण्डलले नयाँदिल्लीमा रहेका राजदूत र

परराष्ट्रमन्त्री राणा जापान प्रस्थान

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा जापान प्रस्थान गरेकी छिन्

ओली सरकार कति जोखिममा ?

काठमाडौं– पछिल्लो समय चिया पसलमा समेत मान्छेले सोध्न थालेका छन्–

भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै

भोजपुर- अरुण गाउँपालिका–७ सिक्रेटार स्थित ‘कैलाश पर्वत र हरित हिल’