पाल्पाका १० स्थानीय तहलाई चार अर्बभन्दा बढी रकम विनियोजन « Khabarhub

पाल्पाका १० स्थानीय तहलाई चार अर्बभन्दा बढी रकम विनियोजन


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रामपुर– पाल्पाका १० स्थानीय तहलाई आगामी आर्थिक वर्षका लागि रु चार अर्बभन्दा बढी रकम विनियोजन गरिएको छ । यही जेठ १५ गते अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेटमा यहाँका पालिकालाई रु चार अर्ब आठ करोड २१ लाख बजेट छुट्टयाइएको छ ।

विनियोजित रकममध्ये समानीकरण अनुदानमा रु एक अर्ब १४ करोड ८३ लाख, सःशर्त अनुदानअन्तर्गत रु दुई अर्ब ७७ करोड १३ लाख, समपूरक अनुदान रु ११ करोड २० लाख र विशेष अनुदान रु पाँच करोड पाँच लाख रकम रहेको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका स्थानीय तहलाई अघिल्लो वर्षभन्दा यो वर्ष रु २६ करोड ४६ लाख बढी रकम विनियोजन गरिएको छ ।

रामपुर नगरपालिकालाई जम्मा रु ४९ करोड ८१ लाख विनियोजन भएको छ । सोमध्ये समानीकरण अनुदानमा रु १३ करोड ३७ लाख, सःशर्त अनुदानअन्तर्गत रु ३४ करोड २४ लाख, समपूरक अनुदानमा रु एक करोड ७० लाख र विशेष अनुदानमा रु ५० लाख गरी रकम रहेको छ ।

तानसेन नगरपालिकाका लागि समानीकरण अनुदानमा रु १७ करोड ६१ लाख, सःशर्त अनुदानअन्तर्गत रु ४५ करोड ४२ लाख, समपूरक अनुदान रु तीन करोड र विशेष अनुदानमा रु ५० लाख गरी जम्मा रु ६६ करोड ५३ लाख विनियोजन भएको छ ।

रैनादेवीछहरा गाउँपालिकालाई रु ४५ करोड ६५ लाख विनियोजित रकममध्ये समानीकरण अनुदानमा रु ११ करोड ५५ लाख, सःशर्त अनुदानअन्तर्गत ३२ करोड १० लाख, विशेष अनुदान रु एक करोड २० लाख र समपूरक अनुदान ८० लाख बजेट छुट्टाइएको छ ।

रिब्दीकोट गाउँपालिकाका लागि समानीकरण अनुदानमा रु नौ करोड ८० लाख, सःशर्त अनुदानअन्तर्गत २४ करोड ९४ लाख र समपूरक अनुदानमा ७० लाख गरी जम्मा रु ३५ करोड ४४ लाख रहेको छ ।

माथागढी गाउँपालिकामा विनियोजित कूल रु ३८ करोड ६३ लाख रकममध्ये समानीकरण अनुदानमा रु ११ करोड ३३ लाख, सःशर्त अनुदानअन्तर्गत रु २६ करोड ३० लाख र समपूरक अनुदान रु एक करोड रहेको छ ।

रम्भा गाउँपालिकालाई रु ३४ करोड २५ लाख विनियोजन गरिएकोमध्ये समानीकरण अनुदानमा रु १० करोड ३१ लाख, सःशर्त अनुदान अन्तर्गत २३ करोड चार लाख र समपुरक अनुदानमा रु ९० लाख बजेट विनियोजन गरिएको छ ।

बगनासकाली गाउँपालिकाका लागि रु ३४ करोड ७३ लाख विनियोजन भएको रकममध्ये समानीकरण अनुदानमा रु १० करोड ७० लाख, सःशर्त अनुदानअन्तर्गत रु २२ करोड ९३ लाख, समपुरक रु ७० लाख र विशेष अनुदान रु ४० लाख रहेको छ ।

पूर्वखोला गाउँपालिकालाई विनियोजित रु ३२ करोड ८८ लाख रकममध्ये समानीकरण अनुदानमा रु नौ करोड ९५ लाख, सःशर्त अनुदानअन्तर्गत रु २० करोड ९३ लाख, समपुरक अनुदान रु ७० लाख र विशेष अनुदानमा रु एक करोड ३० लाख रहेको छ ।

निस्दी गाउँपालिकामा समानीकरण अनुदानमा रु १० करोड ५९ लाख, सःशर्त अनुदानअन्तर्गत रु २६ करोड ७६ लाख, समपुरक अनुदानमा रु एक करोड ३० लाख र विशेष अनुदानमा रु एक करोड १० लाख गरी जम्मा रु ३९ करोड ७५ लाख विनियोजन भएको छ ।

तिनाउँ गाउँपालिकालाई विनियोजित रु ३० करोड ५४ लाख रकममध्ये समानीकरण अनुदानमा रु नौ करोड ६२ लाख, सःशर्त अनुदानअन्तर्गत रु २० करोड ४७ लाख र विशेष अनुदानमा ४५ लाख रकम रहेको छ ।

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  १० : ४१ बजे

लुम्बिनी प्रदेशसभा बैठक : सरकारप्रति प्रश्न र सुझाव

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको सोमबार बसेको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक राजनीति,

चोरीका सामान र नगदसहित चारजना पक्राउ

काठमाडौं– प्रहरीले चोरीका सामान तथा नगदसहित चार जनालाई  पक्राउ गरेको

महासङ्घ कोशीको अध्यक्षमा पुनः राउत निर्वाचित

मोरङ–  नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत

‘मध्यपूर्वको युद्धले समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन सरकार गम्भीर’

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले मध्यपूर्वको युद्धका कारण समस्यामा परेका नेपालीलाई

सामान्य प्रशासन मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’