पाल्पाका १० स्थानीय तहलाई चार अर्बभन्दा बढी रकम विनियोजन « Khabarhub

पाल्पाका १० स्थानीय तहलाई चार अर्बभन्दा बढी रकम विनियोजन


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रामपुर– पाल्पाका १० स्थानीय तहलाई आगामी आर्थिक वर्षका लागि रु चार अर्बभन्दा बढी रकम विनियोजन गरिएको छ । यही जेठ १५ गते अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेटमा यहाँका पालिकालाई रु चार अर्ब आठ करोड २१ लाख बजेट छुट्टयाइएको छ ।

विनियोजित रकममध्ये समानीकरण अनुदानमा रु एक अर्ब १४ करोड ८३ लाख, सःशर्त अनुदानअन्तर्गत रु दुई अर्ब ७७ करोड १३ लाख, समपूरक अनुदान रु ११ करोड २० लाख र विशेष अनुदान रु पाँच करोड पाँच लाख रकम रहेको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका स्थानीय तहलाई अघिल्लो वर्षभन्दा यो वर्ष रु २६ करोड ४६ लाख बढी रकम विनियोजन गरिएको छ ।

रामपुर नगरपालिकालाई जम्मा रु ४९ करोड ८१ लाख विनियोजन भएको छ । सोमध्ये समानीकरण अनुदानमा रु १३ करोड ३७ लाख, सःशर्त अनुदानअन्तर्गत रु ३४ करोड २४ लाख, समपूरक अनुदानमा रु एक करोड ७० लाख र विशेष अनुदानमा रु ५० लाख गरी रकम रहेको छ ।

तानसेन नगरपालिकाका लागि समानीकरण अनुदानमा रु १७ करोड ६१ लाख, सःशर्त अनुदानअन्तर्गत रु ४५ करोड ४२ लाख, समपूरक अनुदान रु तीन करोड र विशेष अनुदानमा रु ५० लाख गरी जम्मा रु ६६ करोड ५३ लाख विनियोजन भएको छ ।

रैनादेवीछहरा गाउँपालिकालाई रु ४५ करोड ६५ लाख विनियोजित रकममध्ये समानीकरण अनुदानमा रु ११ करोड ५५ लाख, सःशर्त अनुदानअन्तर्गत ३२ करोड १० लाख, विशेष अनुदान रु एक करोड २० लाख र समपूरक अनुदान ८० लाख बजेट छुट्टाइएको छ ।

रिब्दीकोट गाउँपालिकाका लागि समानीकरण अनुदानमा रु नौ करोड ८० लाख, सःशर्त अनुदानअन्तर्गत २४ करोड ९४ लाख र समपूरक अनुदानमा ७० लाख गरी जम्मा रु ३५ करोड ४४ लाख रहेको छ ।

माथागढी गाउँपालिकामा विनियोजित कूल रु ३८ करोड ६३ लाख रकममध्ये समानीकरण अनुदानमा रु ११ करोड ३३ लाख, सःशर्त अनुदानअन्तर्गत रु २६ करोड ३० लाख र समपूरक अनुदान रु एक करोड रहेको छ ।

रम्भा गाउँपालिकालाई रु ३४ करोड २५ लाख विनियोजन गरिएकोमध्ये समानीकरण अनुदानमा रु १० करोड ३१ लाख, सःशर्त अनुदान अन्तर्गत २३ करोड चार लाख र समपुरक अनुदानमा रु ९० लाख बजेट विनियोजन गरिएको छ ।

बगनासकाली गाउँपालिकाका लागि रु ३४ करोड ७३ लाख विनियोजन भएको रकममध्ये समानीकरण अनुदानमा रु १० करोड ७० लाख, सःशर्त अनुदानअन्तर्गत रु २२ करोड ९३ लाख, समपुरक रु ७० लाख र विशेष अनुदान रु ४० लाख रहेको छ ।

पूर्वखोला गाउँपालिकालाई विनियोजित रु ३२ करोड ८८ लाख रकममध्ये समानीकरण अनुदानमा रु नौ करोड ९५ लाख, सःशर्त अनुदानअन्तर्गत रु २० करोड ९३ लाख, समपुरक अनुदान रु ७० लाख र विशेष अनुदानमा रु एक करोड ३० लाख रहेको छ ।

निस्दी गाउँपालिकामा समानीकरण अनुदानमा रु १० करोड ५९ लाख, सःशर्त अनुदानअन्तर्गत रु २६ करोड ७६ लाख, समपुरक अनुदानमा रु एक करोड ३० लाख र विशेष अनुदानमा रु एक करोड १० लाख गरी जम्मा रु ३९ करोड ७५ लाख विनियोजन भएको छ ।

तिनाउँ गाउँपालिकालाई विनियोजित रु ३० करोड ५४ लाख रकममध्ये समानीकरण अनुदानमा रु नौ करोड ६२ लाख, सःशर्त अनुदानअन्तर्गत रु २० करोड ४७ लाख र विशेष अनुदानमा ४५ लाख रकम रहेको छ ।

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  १० : ४१ बजे

१४१ निवर्तमान सांसदको हस्ताक्षर लिएर कांग्रेस–एमाले आज सर्वोच्च जाँदै 

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमाले संसद पुनर्स्थापनाका लागि निवर्तमान

कांग्रेसले नेपाललाई कुशासन र भ्रष्टाचारबाट बाहिर निकाल्नुपर्छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाललाई कुशासन र

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित