राजा वीरेन्द्रको २१औँ स्मृति दिवसमा दीप प्रज्वलन « Khabarhub

राजा वीरेन्द्रको २१औँ स्मृति दिवसमा दीप प्रज्वलन


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शान्तिप्रेमी राजा वीरेन्द्र शाहको २१औँ स्मृतिसभा गरिएको छ । वीरेन्द्र शान्ति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको स्मृतिसभामा वीरेन्द्रको शालिकमा माल्यार्पण तथा उनले मुलुकको विकासमा पुर्‍याएको योगदानबारे समीक्षा गरिएको थियो ।

जागरण सञ्चारगृहका अध्यक्ष रञ्जित धमलाले प्रजातन्त्रका पक्षधर राजा वीरेन्द्रको शासनकालमा मुलुकलाई शान्ति क्षेत्र घोषणा गर्न गरिएका प्रस्ताव, जनमत सङ्ग्रह, प्रजातन्त्र पुनःबहाली जस्ता कार्यले उनी दूरदर्शी कूटनीतिज्ञ र विकासप्रेमी भएको विचार व्यक्त गरे ।

वीरेन्द्रले राष्ट्रप्रति गरेको योगदानको उच्च कदर गर्दै देशमा स्थायी शान्ति र राजनीतिक स्थायित्व राख्नु नै उनीप्रतिको सम्मान हुने उनले बताए । प्रतिष्ठानका अध्यक्ष शिवहरि खनालले विश्वशान्तिका ज्योति भगवान् बुद्ध जस्तै नेपालको शान्ति क्षेत्र र विकासका लागि राजा वीरेन्द्रको योगदान पनि उच्च रहेको बताए ।

यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टीले नारायणहिटी सङ्ग्रहालय अगाडि राजा वीरेन्द्रको २१औँ स्मरणमा दीप प्रज्वलन गरेको छ । पार्टीका केन्द्रीय सदस्य सरस्वती अधिकारीले देशभक्त र जनताप्रेमी राजा वीरेन्द्रको अभाव सधैँ खड्किरहेको भन्दै उनले प्रजातान्त्रिक आदर्शका साथै सम्पूर्ण सम्पत्तिको रक्षा गर्नु राज्यको दायित्व भएको बताइन् ।

पार्टीका नेता सुन्दर पाण्डेले वीरेन्द्रले शान्ति र विकासका निमित्त राष्ट्रलाई दिएको त्याग र योगदानको उच्च मूल्याङ्कन गर्नुपर्नेमा जोड दिए । विसं २०५८ जेठ १९ गते भएको दरबार हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्रको सपरिवारका साथै अन्य सदस्यसमेतको हत्या भएको थियो ।

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  ११ : २१ बजे

१४१ निवर्तमान सांसदको हस्ताक्षर लिएर कांग्रेस–एमाले आज सर्वोच्च जाँदै 

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमाले संसद पुनर्स्थापनाका लागि निवर्तमान

कांग्रेसले नेपाललाई कुशासन र भ्रष्टाचारबाट बाहिर निकाल्नुपर्छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाललाई कुशासन र

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित