यमनमा संयुक्त राष्ट्रसंघले गरेको युद्धविराम दई महिना थप « Khabarhub

यमनमा संयुक्त राष्ट्रसंघले गरेको युद्धविराम दई महिना थप


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

साना– यमनका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत हान्स ग्रुण्डबर्गले बिहीबार यमनका युद्धरत पक्षहरूले अर्को दुई महिनाको लागि अहिले जारी युद्धविरामलाई विस्तार गर्न सहमत भएका जानकारी गराएका छन् ।

“हालको सम्झौता अवधि समाप्त भएपछि नयाँ सम्झौता लागू हुनेछ,” यमन समय अनुसार साँझ सात बजे ग्रुण्डबर्गले संयुक्त राष्ट्रसंघको वेबसाइटमा जारी गरेको लिखित वक्तव्यमा भनिएको छ ।

“यो सम्झौता २ अप्रिल २०२२ मा पहिलोपटक लागू भएको मूल सम्झौताकै शर्तमा विस्तार गरिएको हो,” विज्ञप्तिमा भनिएको छ ।

उनले रमजानको पवित्र महिनाको पहिलो दिन सुरु भएको र बिहीबारको दिन समाप्त भएको राष्ट्रव्यापी सन्धिको निरन्तरता सुनिश्चित गर्दै भने, “विगत महिनाहरूमा यमनका युद्धरत पक्षका प्रतिनिधिहरू र उच्च पदस्थ राजनीतिज्ञहरूसँग श्रृंखलाबद्ध बैठकहरू आयोजना गरेपछि यो सम्झौता भएको हो ।”

एकाध ठाउँमा झडप र सम्झौता उल्लङ्घनका घटना देखिए पनि दुई महिनादेखि यमनका युद्धरत पक्षहरूले यस सम्झौताबाट लाभहरू अनुभव गर्दै आएका छन् । सर्वसाधारण घाइतेहरूको सङ्ख्यामा उल्लेखनीय कमी आएको छ । होडैडा बन्दरगाह हुँदै इन्धन वितरणमा निकै वृद्धि भएको छ र लगभग छ वर्षसम्म बन्द भएपछि साना अन्तराष्ट्रिय विमानस्थलमा व्यावसायिक उडानहरू पुनः आरम्भ भएका छन् ।

“सम्झौता कार्यान्वयन गर्न र यसलाई पुनः नवीकरण गर्न सहमत भएर दुवै पक्षले यमनी नागरिकहरूलाई यो विनाशकारी द्वन्द्वको अन्त्य सम्भव छ भन्ने आशाको दुर्लभ झलक प्रदान गरेका छन्,“ उनले भने ।

इरानको सहयोग प्राप्त यमनी हुथी लडाकूले विभिन्न उत्तरी प्रान्तहरूको नियन्त्रण गरी साउदी अरब समर्थित यमनी संयुक्त सरकारलाई राजधानी सानाबाट बाहिर जान बाध्य गराएपछि यमन सन् २०१४ को अन्त्यदेखि गृहयुद्धमा होमिएको थियो ।

यो युद्धले दशौं हजार मानिसको ज्यान लिएको छ । चार लाख विस्थापित भएका छन् र युद्धले देशलाई भोकमरीको सँघारतिर धकेलेको छ ।

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  ११ : ४७ बजे

मधेस प्रदेशमा हरियाली क्षेत्र बढाउन आग्रह

धनुषा – मधेस प्रदेशका सभामुख रामअशिष यादवले मधेस प्रदेशमा तीन

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, १२ घाइते

लमजुङ – आज साँझ यहाँ जिप दुर्घटना हुँदा दुई जनाको

अमेरिकाका दुई सैन्य विमान र हेलिकोप्टरमा इरानी आक्रमण, एक चालक बेपत्ता

काठमाडाैं – इरानसँगको तनाव सुरु भएको एक महिनापछि डोनाल्ड ट्रम्पले

आईपीएल : दिल्लीको लगातार दोस्रो जित, मुम्बई ६ विकेटले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आठौँ खेलमा दिल्ली

हेटौँडा सडक विस्तार : पीडित व्यवसायीका लागि बैंक ब्याज मिनाहा गर्न मुख्यमन्त्री बानियाँको आग्रह

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हेटौँडामा सडक विस्तारका क्रममा