बुटवल-लुम्बिनी प्रसारण लाइन पूरा हुँदै, आगामी असारमा उद्घाटन हुने | Khabarhub Khabarhub

बुटवल-लुम्बिनी प्रसारण लाइन पूरा हुँदै, आगामी असारमा उद्घाटन हुने


२० जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल- बुटवल-लुम्बिनी १३२ केभी प्रसारण लाइन आयोजनाको निर्माण पूरा हुने अवस्थामा पुगेको छ ।

आयोजनाका अनुसार साढे १५ किलोमिटर लम्बाइको ओभरहेड तार बिछ्याउने काम सकिएको छ भने योगीकुटीबाट तिनाउसम्म दुई किलोमिटरको भूमिगत लाइन तान्ने काम पनि अन्तिम चरणमा पुगेको छ । भूमिगत लाइनका लागि केवल बिछ्याउने काम सम्पन्न भैसकेको छ भने अब नाङ्गो तारसँग केवल जोड्ने काम मात्र बाँकी रहेको र १० दिनमा उक्त काम पनि सकिने आयोजना प्रमुख हरिप्रसाद पाण्डेले बताए ।

आयोजनासँगै नेपाल-भारतबीच विद्युत् व्यापारका लागि संरचना पनि तयार हुनेछन् । त्यसपछि नेपालले भारतलाई विद्युत् बिक्री गर्नेछ ।आयोजनाअन्तर्गत भैरहवा नजिकै मैनहिया भन्ने स्थानमा सबस्टेसन निर्माण गरिएको छ । बुटवलमा रहेको राष्ट्रिय प्रसारण लाइन ग्रिडसँग जोडेर २०० मेगावाट क्षमताको लाइन सबस्टेसनमा ल्याइएको छ ।

अब आयोजना निर्माणको काम सकिने बित्तिकै लाइन चार्जको काम हुने र असारभित्रै आयोजना उद्घाटन हुने पाण्डेको भनाई छ । ‘बीचमा कुनै समस्या नआए आयोजना अव असारभित्रै उद्घाटन हुन्छ, यस क्षेत्रमा विद्युत् आपूर्तिका लागि यो ऐतिहासिक उपलब्धि हो,’ उनले भने ।

आर्थिक वर्ष २०७३/०७४ ठेक्का सम्झौता भएको १३२ केभी प्रसारण आयोजनाले तीनवटा मुख्य काम चरणबद्ध रूपमा अगाडि बढाएको थियो । जसअनुसार आयोजनाले तीन वर्ष लगाएर रुपन्देहीको मैनहियामा कम्पाउण्ड वालसहितको भवन निर्माण गरेको थियो । त्यस्तै आर्थिक वर्ष २०७३र०७४ मै सुरु भएको सबस्टेसन निर्माणको काम पनि अब अन्तिम अवस्थामा पुगेको आयोजना प्रमुख पाण्डेले बताए । ‘अब ३३र११ र १३२र३३ केभीएको एउटा ट्रान्सफर्मर जडान गर्न बाँकी छ,’ उनले भने ।

त्यस्तै आयोजनाले तेस्रो महत्त्वपूर्ण काम भूमिगत तार बिछ्याउने काम अगाडि बढाएको हो । यो काम सकिएसँगै आयोजना निर्माण सकिने छ । प्रसारण लाइन आयोजना निर्माणको ठेक्का चिनियाँ र नेपाली ठेकेदारले जेभीमा पाएका थिए । मुडभरी खण्ड जोशी निर्माण कम्पनीले प्रसारण लाइन बनाउने जिम्मा पाएको थियो । यता, सबस्टेसन निर्माणको ठेक्का हाइटेन्सन स्वीच गेजले पाएको थियो ।

आयोजनाका अनुसार हाल भैरहवा क्षेत्रका उद्योग र सर्वसाधारणलाई करिब ६० मेगावाट विद्युत् आपूर्ति भएको छ । जबकि, उद्योग क्षेत्रबाट मात्रै विद्युतको माग ९० मेगावाट छ । आयोजना सम्पन्न हुनासाथ ९० मेगावाट विद्युत् तत्कालै आपूर्ति गर्ने योजनामा आयोजना छ । पछि माग थप भएमा २०० मेगावाट विद्युत् मैनहिया सबस्टेसनबाट उपलब्ध गराउन सकिनेछ ।

भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुद्ध जन्मस्थल लुम्बिनी, भैरहवा–लुम्बिनी औद्योगिक कोरिडोरलगायतमा विद्युत् विस्तार र स्तरोन्नतिका लागि प्रसारण लाइन बिस्तार थालिएको थियो । प्रसारण लाइन बनेपछि ती क्षेत्रहरूमा पर्याप्त विद्युत् पुग्नेछ ।

योगीकुटीबाट सब स्टेसन रहेको मैनहियासम्म विद्युत् पुर्‍याउन ५६ वटा विद्युत् पोल गाडिएको छ । आयोजना सुरु भएलगत्तै चारवर्ष जग्गाधनीको अवरोध र बाँकी दुई वर्ष कोरोना महामारीका कारण आयोजना लम्बिन पुगेको पाण्डेले बताए ।

सरकारले आयोजना सुरु गर्दा तीन वर्षमा सक्ने लक्ष्य राखेको थियो । आयोजनाको लागत एक अर्ब १९ करोड रहेको छ । आयोजना सुरु हुनासाथ विद्युत् बिस्तारका लागि जग्गा प्राप्ति गर्ने क्रममा स्थानीयले असहयोग गर्दा ढिलाइ हुन पुगेको आयोजना प्रमुख पाण्डेको भनाई छ । ‘सुरुमा रुट विवादले पनि काम हुन सकेन, त्यो विवाद हटेसँगै फेरि जग्गाको विवाद निम्तियो, हामीकहाँ विकासमा अवरोध गर्ने परिपाटीले यस्ता आयोजनाहरू समयमा सक्न गाह्रो भइरहेको छ,’उनले भने ।

बुटवल-लुम्बिनी १३२ केभी यो आयोजनाबाट लुम्बिनी क्षेत्र र अमुवाका लागि एक एक वटा र भैरहवामा औद्योगिक फिडरका लागि ३३ केभिएका दुई वटा ट्रान्समिसन लाइन जडान भएका छन् । त्यस्तै तिलोत्तमा नगर क्षेत्र र स्थानीयका लागि ११ केभिएका दुई वटा ट्रान्समिसन लाइन जडान हुनेछन् । अब मर्चवारमा पनि ३३/११ केभीएको एउटा सबस्टेसन निर्माण हुने पाण्डेले बताए ।

मैनहिया सबस्टेसनसँग जोडेर ‘मैनहिया सम्पत्तिया १३२ केभी प्रसारण लाइन आयोजनाु पनि सँगसँगै अघि बढेको छ । मैनहिया सबस्टेसनदेखि २७ किमी दक्षिण भारतको सम्पत्तियामा भारत सरकारले सबस्टेसन तयार गरिसकेको छ । मैनहिया र सम्पत्तिया सबस्टेसन विद्युत् लाइन जोडिएपछि नेपाल-भारतबीच २०० मेगावाट क्षमताको विद्युत् आयात निर्यात गर्ने बाटो तयार हुनेछ ।

आउँदो असार महिनासम्ममा यो योजना पनि सम्पन्न हुने तयारीमा छ । यसको लागत ९४ करोड रहेको छ । जसमध्ये ४० करोड रुपियाँ जग्गाको मुआब्जामा खर्च हुने छ ।

प्रकाशित मिति : २० जेठ २०७९, शुक्रबार  ४ : ३८ बजे

परम्परागत बाटो मासिँदै जाँदा मानव–हात्ती द्वन्द्व बढ्दै (फोटोफिचर)

काठमाडौं– नेपाल र भारतबीच रहेको खुला सिमाना केवल दुई देशका

म्याग्दीको अन्नपूर्णमा टोल टोलमा स्वास्थ्य परीक्षण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले टोल टोलमा पुगेर सर्वसाधारणको स्वास्थ्य परीक्षण

शीतलहर सुरु हुनु पहिले नै व्यवस्थापनको पूर्वतयारी

महोत्तरी– बर्सेनि जाडो यामको शीतलहरले हुँदै आएको जनधनको क्षति रोक्न

तनहुँको ऋषिङमा दुई मतदान केन्द्र थप गर्न सिफारिस

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

‘म्यारिज ब्यूरो’ चलाएको आरोपमा काठमाडौंबाट चारजना चिनियाँ नागरिक पक्राउ

काठमाडौं– काठमाडौंको सोह्रखुट्टेका म्यारिज ब्युरो सञ्चालन गरेको आरोपमा चारजना चिनियाँ