एक्कासीको हुरी र हिउँले हिमालमै रोक्यो प्रधानमन्त्री ओली दम्पत्तीलाई | Khabarhub Khabarhub

एक्कासीको हुरी र हिउँले हिमालमै रोक्यो प्रधानमन्त्री ओली दम्पत्तीलाई


३२ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हिमाल चढन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई खराब मौसमले समस्या उत्पन्न गराएको छ । फ्रान्सको औपचारिक भ्रमणका क्रममा ओली फ्रान्सको दक्षिण पूर्वको शमोनी भ्रमणमा गएका थिए ।

हिमाली क्षेत्रको यो ठाउँ चढ्न जाँदाको प्रतिकुल मौसमले ओलीलाई समस्या पारेको हो । मौसममा आएको गडबढीले झण्डै एक घण्टा ओलीसहितको टोली हिमाल मै बसेको थियो ।

शमोनीबाट प्रकाशित हुने पत्रिकाका अनुसार प्रधानमन्त्री र भ्रमण दलका सदस्यहरु केवलकारमा चढेर २५०० मिटर भन्दा माथि पुगिसकेपछि एक्कासी आएको हुरी र हिउँ उडाउने तुफानले केवलकार चलाउन प्रतिकुल अवस्था सिर्जना गरेपछी उनीहरुले हिमालमा नै प्रतिक्षा गर्नु परेको थियो।

टोलीमा प्रधानमन्त्री, पररास्ट्रमन्त्री, अन्य उच्चस्तरीय सरकारी कर्मचारी र सद्भावना दुत शृंखला खतिवडासहितको टोली पुगेको थियो ।
एक घण्टापछि मौसममा सुधार आएपछि ओली नेतृत्वको टोलीलाई सफल रुपमा फर्काइएको थियो ।

प्रकाशित मिति : ३२ जेठ २०७६, शनिबार  ६ : ४२ बजे

परराष्ट्रमन्त्री राणा जापान प्रस्थान

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा जापान प्रस्थान गरेकी छिन्

ओली सरकार कति जोखिममा ?

काठमाडौं– पछिल्लो समय चिया पसलमा समेत मान्छेले सोध्न थालेका छन्–

भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै

भोजपुर- अरुण गाउँपालिका–७ सिक्रेटार स्थित ‘कैलाश पर्वत र हरित हिल’

सीएमसीईले भन्यो– ‘पोखरा विमानस्थलको अध्ययन प्रतिवेदनले गम्भीर बनायो’

काठमाडौं– पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरेको चिनियाँ कम्पनी चाइना

कञ्चनजङ्घा पदमार्गको मुख्य प्रवेशद्वार सिदिङ्वा धाम ओझेलमा

ताप्लेजुङ- सिदिङ्वा गाउँपालिकाले धार्मिक तथा पर्यटकीय क्षेत्र सिदिङ्वा धामको प्रचारप्रसार