रुसले युक्रेनमाथि आक्रमण थालेको सय दिन पूरा « Khabarhub

रुसले युक्रेनमाथि आक्रमण थालेको सय दिन पूरा


२० जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रुसले युक्रेनमाथि आक्रमण गरेको १ सय दिन पूरा भएको छ । युक्रेनको अनजीकरण तथा असैन्यकरण गर्न भन्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत फेब्रुअरी २४ मा ‘विशेष सैन्य कारवाही’ को घोषणा गर्दै युक्रेनविरुद्ध आक्रमण थालेका थिए ।

त्यसयता रुसी आक्रमणका कारण युक्रेनबाट दशौँ लाख मानिसहरु विस्थापित भएका छन भने हजारौँ मानिसहरुको मृत्यु भएको छ । यसबाहेक धेरै सहरहरु ध्वस्त भएर भग्नावशेषमा परिणत भएका छन् ।

राजधानी कब्जा गर्ने प्रयत्नस्वरुप सुरुवाती दिनहरुमा रुसी फौजले किभ सहर आसपास व्यापक आक्रमण गरेका थिए । यद्यपि तेज युक्रेनी प्रतिरोधका कराण रुसी फौज किभबाट पछि हट्न बाध्य भए ।

हाल रुसी सेनाले आफ्नो सैनिक कारवाहीलाई युक्रेनको पूर्वी भागमा केन्द्रित गरेको छ । रुसी सेना हाल पूर्वी युक्रेनको सिभेरोडोनेत्स्क सहर कब्जा गर्ने प्रयासमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २० जेठ २०७९, शुक्रबार  ५ : १० बजे

आफूमाथिका आरोप झुटा भएको खगेन्द्रको दाबी, भने- छानबिनमा सघाउने छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् खगेन्द्र सुनारले आफूमाथि

विश्वकप लिग- २ : ओमानविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत अहिले नेपाल र

प्रहरीको ‘स्वाप अपरेसन’ : ९८ जना पक्राउ

काठमाडौं– उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको

सुनचाँदीको मूल्य क्रमशः घट्दै

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य दुई हजार २०० रुपैयाँ

तामाकोसी किनारमा युवती र बालक मृत फेला

काठमाडौँ– दोलखाको भीमेश्वर नगरपालिका-५ स्थित तामाकोसी नदी किनारमा एक युवती