पञ्जाबी गायक मुसे वालाका हत्यारा खोज्न भारतीय प्रहरीको विशेष टोली नेपालमा « Khabarhub

पञ्जाबी गायक मुसे वालाका हत्यारा खोज्न भारतीय प्रहरीको विशेष टोली नेपालमा


२० जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पञ्जाबी गायक तथा भारतीय कांग्रेस पार्टीका नेता सिद्धु मुसे वालाका हत्यारा नेपालमा लुकेर बसेको हुनसक्ने भन्दै भारतीय प्रहरीको विशेष टोली नेपाल आइपुगेको छ ।

मुसे वालाका हत्यारा नेपालमा लुकेर बसेको विशेष सूचनाका आधारमा दिल्ली प्रहरीको विशेष सेल नेपाल पुगेको इण्डिया टुडेले जनाएको छ । मुसे वालाको गत आइतबार पञ्जाब राज्यको मान्सा जिल्लामा गोली हानी हत्या भएको थियो ।

पञ्जाब प्रहरीले मंगलबार उनको हत्यामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका थिए । हत्यारालाई सवारी साधन उपलब्ध गराएको आरोपमा पक्राउ परेका मनप्रित सिंहलाई अदालतमा उपस्थित गराइ ५ थुनामा राख्न दिनको म्याद थपिएको जनाइएको छ ।

विशेष सूचनाका आधारमा उनका हत्यारा नेपालमा रहेको पत्ता लागेको बताइएको छ । मुसे वालाको हत्या आपराधिक गिरोहबीचको दुश्मनीका कारण भएको ठानिएको छ ।

प्रकाशित मिति : २० जेठ २०७९, शुक्रबार  ५ : २४ बजे

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन