पञ्जाबी गायक मुसे वालाका हत्यारा खोज्न भारतीय प्रहरीको विशेष टोली नेपालमा « Khabarhub

पञ्जाबी गायक मुसे वालाका हत्यारा खोज्न भारतीय प्रहरीको विशेष टोली नेपालमा


२० जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पञ्जाबी गायक तथा भारतीय कांग्रेस पार्टीका नेता सिद्धु मुसे वालाका हत्यारा नेपालमा लुकेर बसेको हुनसक्ने भन्दै भारतीय प्रहरीको विशेष टोली नेपाल आइपुगेको छ ।

मुसे वालाका हत्यारा नेपालमा लुकेर बसेको विशेष सूचनाका आधारमा दिल्ली प्रहरीको विशेष सेल नेपाल पुगेको इण्डिया टुडेले जनाएको छ । मुसे वालाको गत आइतबार पञ्जाब राज्यको मान्सा जिल्लामा गोली हानी हत्या भएको थियो ।

पञ्जाब प्रहरीले मंगलबार उनको हत्यामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका थिए । हत्यारालाई सवारी साधन उपलब्ध गराएको आरोपमा पक्राउ परेका मनप्रित सिंहलाई अदालतमा उपस्थित गराइ ५ थुनामा राख्न दिनको म्याद थपिएको जनाइएको छ ।

विशेष सूचनाका आधारमा उनका हत्यारा नेपालमा रहेको पत्ता लागेको बताइएको छ । मुसे वालाको हत्या आपराधिक गिरोहबीचको दुश्मनीका कारण भएको ठानिएको छ ।

प्रकाशित मिति : २० जेठ २०७९, शुक्रबार  ५ : २४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै