प्रतिनिधिसभाको आजको बैठकमा दुई विधेयक प्रस्तुत « Khabarhub

प्रतिनिधिसभाको आजको बैठकमा दुई विधेयक प्रस्तुत


२० जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले “यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९” र “फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ प्रस्तुत गरेका छन् ।

संवैधानिक व्यवस्था र विभिन्न सन्धिको पक्ष राष्ट्र भएकाले मृत्युदण्डसम्बन्धी कानूनी व्यवस्था गर्न नमिल्ने तर सजाय बढाउन मिल्नेगरी विधेयक ल्याइएको मन्त्री शर्माले स्पष्ट पारे । जर्वजस्तीकरणी गर्नेलाई कानूनी सजायको व्यवस्था गर्नेगरी विधेयक ल्याइएको उनले जानकारी दिए । त्यसैगरी मन्त्री शर्माले बालिका, महिला र युवतीमाथि तेजाब हान्ने कार्यलाई निरुत्साहित गरी दोषीलाई कारबाही तथा पीडितलाई क्षतिपूर्तिको व्यवस्था हुनेगरि फौजदारी कसुरसम्बन्धी विधेयक ल्याइएको बताए । सजायमा व्यापक बढाई २० वर्ष कैद र १० लाख क्षतिपूर्तिको व्यवस्था गरिएको उनले उल्लेख गरे ।

उक्त दुबै विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचनालाई बहुमतले अस्वीकृत गरेको थियो । बैठक आजै पुनः बस्नेगरी १५ मिनेटका लागि स्थगित भएको छ ।

प्रकाशित मिति : २० जेठ २०७९, शुक्रबार  ५ : २८ बजे

चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने

चितवन– यही पुस ११ गतेदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा

सिंहदरबारमा निर्वाचन तयारीबारे सर्वपक्षीय छलफल सुरु (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको संसारमा

धनुषामा एक अस्पतालसहित चार वटा औषधि पसललाई कारबाही

जनकपुरधाम– सरकारले तोकेको मापदण्ड विपरीत अवैध रूपमा, दर्ता नगरी सञ्चालित

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने