वायुसेवा सञ्चालक संघको स्पष्टीकरण « Khabarhub

वायुसेवा सञ्चालक संघको स्पष्टीकरण


२० जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वायुसेवा सञ्चालक संघ, नेपालले एकल इन्जिन भएका हेलिकप्टरहरुमा दुई पाइलट राख्नुपर्ने व्यवस्था उत्पादनकर्ताको डिजाइन, उद्देश्य र अन्तर्राष्ट्रिय प्रचलनको प्रतिकूल हुने बताएको छ ।

संघका प्रवक्ता योगराज कँडेलले आज प्रकाशन गरेको विज्ञप्तिमा संघ तथा संघका सदस्य वायुसेवा कम्पनीहरू उड्डयन सुरक्षा तथा हवाई सुरक्षामा अत्यन्त संवेदनशिल रहेकाले प्राधिकरणको प्राविधिक टोलीले हवाई सुरक्षाका लागि दिने उपयुक्त र सान्दर्भिक सुझावअनुसार नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट प्राप्त हुने निर्देशनहरू पूर्ण पालनाका लागि संघ प्रतिबद्ध रहेको पनि उल्लेख छ ।

यसै सम्बन्धमा नेपाल नागरिक उड्डयन प्राधिकरणले पाँच सदस्यीय प्राविधिक टोली गठन गरी अध्ययन गरिरहेका अवस्थामा सङ्घका अध्यक्ष क्याप्टेन रामेश्वर थापालाई उद्धृत गरी आज प्रकाशित ‘हेलिकप्टरमा दुई पाइलट राख्न असम्भव’ शीर्षकको समाचारको सो सङ्घले खण्डन गरेको छ ।

सो विज्ञप्तिमा भनिएको छ ‘हालका दिनहरूमा संघबाट भए गरेका कामहरूको केही सीमित व्यक्ति तथा समूहबाट आफ्नो स्वार्थ परिपूर्तिका लागि नकारात्मक रुपमा टीकाटिप्पणी गरी भ्रम फैलाउने कार्य भइरहेकाले संघको आधिकारिक धारणा नआएसम्म यस्ता भ्रमपूर्ण समाचारहरूमा विश्वास नगरिदिनुहुन सम्बन्धित सबैमा संघ अपिल गर्दछ ।’

प्रकाशित मिति : २० जेठ २०७९, शुक्रबार  ६ : १० बजे

नेपाल बार एशोसिएशनले मनायो ७० औँ स्थापना दिवस

काठमाडौं– कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले ७० औँ

१५ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने गगन थापाको घोषणा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५ औँ महाधिवेशनमा

काठमाडौं क्षेत्र नम्बर २ बाट राप्रपाकी कुन्तीदेवी पोखरेलको नाम सिफारिस

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट

इन्डोनेसियामा बस पल्टिँदा १६ जनाको मृत्यु

जकार्ता– सोमबार बिहान इन्डोनेसियाको एक प्रमुख राजमार्गमा भएको भीषण दुर्घटनामा