तालिबानले काबुल कब्जा गर्ने बेला अफगान सैनिकहरु भागेर पाकिस्तान पुगेको खुलासा « Khabarhub

तालिबानले काबुल कब्जा गर्ने बेला अफगान सैनिकहरु भागेर पाकिस्तान पुगेको खुलासा


२० जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गर्ने बेला धेरै अफगान सैनिक भागेर पाकिस्तान प्रवेश गरेको खुलासा भएको छ ।

सीमाबारे अमेरिकी प्रतिवेदनमा गत वर्षको अगस्ट महिनामा तालिबानले अफगानिस्तानमा कारवाही गर्ने बेला धेरै अफगान सैनिक भागेर पाकिस्तान प्रवेश गरेको उल्लेख छ ।

उक्त प्रतिवेदनमा पाकिस्तान र इरानसँग जोडिएका सीमा नाका तालिबानले कब्जा गरेका कारण पनि तत्कालिन अफगान सरकार पतन भएको उल्लेख छ ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएअनुसार प्रतिवेदनमा तालिबानले काबुल कब्जा गर्नु केही साताबाट नै अफगान सैनिकहरु भागेर पाकिस्तान जान थालेको उल्लेख छ ।

‘तालिबानले जिल्ला र प्रान्तीय राजधानीमा आक्रमणलाई तीव्रता दिएसँगै धेरै अफगान सैनिकहरु भागेर पाकिस्तान प्रवेश गरेका थिए ।’ प्रतिवेदनमा जनाइएको छ ।

यस्तै, संयुक्त राष्ट्रसंघीय शरणार्थी निकायका अनुसार अगस्ट २०२१ र जनवरी २०२२ को बीचमा ३ लाख भन्दा धेरै अफगान नागरिकहरु शरणार्थीको रुपमा पाकिस्तान पुगेका थिए । यद्यपि यिनीहरुमध्ये कति जना सैनिक थिए भन्ने स्पष्ट नभएको बताइएको छ ।

प्रकाशित मिति : २० जेठ २०७९, शुक्रबार  ६ : ५२ बजे

नेपाल बार एशोसिएशनले मनायो ७० औँ स्थापना दिवस

काठमाडौं– कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले ७० औँ

१५ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने गगन थापाको घोषणा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५ औँ महाधिवेशनमा

काठमाडौं क्षेत्र नम्बर २ बाट राप्रपाकी कुन्तीदेवी पोखरेलको नाम सिफारिस

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट

इन्डोनेसियामा बस पल्टिँदा १६ जनाको मृत्यु

जकार्ता– सोमबार बिहान इन्डोनेसियाको एक प्रमुख राजमार्गमा भएको भीषण दुर्घटनामा