जुम्ला– तातोपानी गाउँपालिका १ मा रहेको रानी ज्यूलोमा कुलो निर्माण गरिएको छ । बढीले रानी कुलो बगाएपछि खेतियोग्य जमिन सिँचाइको लागि रानीकुलो निर्माण गरिएको हो । २०७८ कात्तिक महिनामा आएको बाढी पहिरोबाट रानि ज्यूलो सहित तातोपानीको ग्रिरीखोला र तिला गाउँपालिकामा भेरीखोलाको बाढीले अधिकांश सिचाइ कुलो बगाएको थियो । जुम्लामा धेरै सिँचाइ कुलाहरु बगेर जानुका साथै खेतियोग्य जमिनमा सिँचाइको लागि समस्या भएको थियो । तर जुम्लाको पहिचानको रुपमा रहेको कालिमार्सी धान रोप्ने समय आएकाले कृषि विकास कार्यलयले केही कुलो निर्माण गरेर रोपाइ सुचारु समेत भएको छ ।
त्यस्तै तातोपानी १ अन्तरगत पर्ने रानि ज्यूलोको कुलो बाढिले बगाएको स्थानको आरसिसि गरेपछि सञ्चालनमा आएको छ । कृषि विकास कार्यालयले ७ लाख र स्थानीयको एक लाख श्रमदानमा उक्त कुलो बाढीले निर्माण गरिएको कार्यालय प्रमुख गणेश अधिकारीले बताए । उनले भने, बाढीले बगाएको स्थानमा ४१ मिटर आरसिसि र अन्य काम गरेपछि पानी ल्याएर रोपाई भएको छ । प्रमुख अधिकारीले ,विपतले बगाएको रानि ज्यूलाको कुलोमा तत्कालका लागि प्रदेश सरकारको सहयोगबाट ४१ मीटर आईरसिसि, ४० वटा ग्याबिन र अन्य काम गरेपछि रोपाई सुचारु भएको छ । उनले भने,‘कुलो पुरै आरसिसि तथा बाँध निर्माण गर्न ठूलो योजना आबश्यक भएको छ । उनका अनुसार त्यो स्थानमा बर्खायाममा नदिले अझै कटान गर्न सक्ने भएकाले धेरै ग्याविन सहित अन्य थप निर्माण आवश्यक रहेको छ ।
त्यस्तै रानिज्यूलोमा करिब, १६ हेक्टर मार्सीधान फल्ने खेत रहेका स्थानीय उपभोक्ता समितिका अध्यक्ष कलबहादुर कठायतले बताए । उनले बिपतले धान रोप्न नपाईने होकि भन्ने चिन्ता थियो । यस पटक किसानका लागी राहत भएको छ । जेनतेनपानी रोपाइका लमागी पनी पुर्याउन कृषि विकास कार्यालयको कार्यक्रमले सहयोग गरेको छ । उनका अनुसार अव यो बर्ष रोपाई त हुन्छ तर नदिले धेरै कटान गरिसकेकाले फेरी बगाउछ की भन्ने डर उत्तिकै छ ।
यस्तै जिल्ला कृषि विकास कार्यालय जुम्लाले बाढीले बगाएको तातोपानी १ कै वाईराकाको १०० मिटर कुलो पुननिर्माणका लागि काम भइरहेको छ । कृषि विकास कार्यालयका सबइन्जिनियर महेश बुढ्थापाले तिला गाउँपालिका ४ नुवाकोटमा पनि बाढीले बगाएको वालुदेखि चौसिला आरसिसि १२३ मिटर कुलो आरसिसि निर्माण भएको बताए । उनले भने,‘ सो कुलो धेरै बनाउनु पर्ने आवश्यक रहेको छ । उनका अनुसार बाढीले जुम्लाका सिचाई योजना तथा आरसिसि कुलो ६० वटा भन्दा बढी स्थानमा निर्माण भइरहेका छन् ।
त्यस्तै तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाइँले रानी ज्यूलोमा रहेको कुलोको अवस्थाको अवलोकन गरेका छन । उनले कुलोलाई बलियो नबनाएमा बर्खाको पानीले समस्या पार्ने भएकाले बलियो बनाउन आवश्यक रहेको बताए । त्यस्तै वडा नम्बर दुईका अध्यक्ष चन्द्रमान बुढाले तत्कालको आरसिसि कामले रोपाइ हुने भएको बताए । उनले कृषि विकास कार्यालयलाई आभार व्यक्त गरे । २०७८ साल कात्तिकमा आएको बाढीले धेरै तातोपानी र तिलाका मार्सीधान रोप्ने खेत सहित कुलाहरु बगाएको थियो । कृषि क्षेत्रमा ठूलो क्षति पुगेको समयमै कृषि विकास कार्यालयले मलम लगाउन शुरु गरेको भन्दै किसान खुशी भएका छन् ।
प्रतिक्रिया