कश्मीरको श्रीनगरमा पाराग्लाइडिङ सुरु « Khabarhub

कश्मीरको श्रीनगरमा पाराग्लाइडिङ सुरु


२० जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कश्मीरको श्रीनगरमा साहसिक पाराग्लाइडिङको सुरुवात गरिएको छ ।

निजी पाराग्लाइडिङ कम्पनीसँगको सहकार्यमा कश्मीर पर्यटन विभागले श्रीनगरमा पाराग्लाइडिङको सुरुवात गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

पाराग्लाइडिङ श्रीनगर नजिकै रहेको अष्टन्मार्गबाट सुरु भएर चाँदपोरामा अवतरण हुने बताइएको छ । २ हजार फिट उचाईको पाराग्लाइडिङले सो क्षेत्रमा पर्यटकको आगामनमा वृद्धि हुने अपेक्षा गरिएको छ ।

पछिल्लो केही समययता स्थानीय एवम् टाढाबाट आएका पर्यटकहरुले निःशुल्क पाराग्लाइडिङ गरिरहेको बताइएको छ ।

पाराग्लाइडिङ गर्नुअघि पर्यटकलाई यसको सुरक्षा एवम् सावधानीबारे जानकारी दिइने एएनआईले जनाएको छ । यस पाराग्लाइडिङबाट जबरवन पहाड र दल तालको मनोरम दृश्यावलोकन गर्न सकिने जनाइएको छ ।

प्रकाशित मिति : २० जेठ २०७९, शुक्रबार  ७ : १९ बजे

एकताको सन्देश दिन राष्ट्रिय झण्डासहित सद्भाव र्‍याली (तस्बिरहरू)

बुटवल– दुई फरक समुदायबीच भएको हिंसात्मक झडपले सुनसरी अस्तव्यस्त बनिरहँदा बुटवलमा

वालेन्द्र शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत

काठमाडौं- प्रधानमन्त्रीसमेत रहेका वालेन्द्र शाह सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ

एउटा प्रश्न : ‘यो देशका प्रधानमन्त्री वालेन्द्र हुन् कि रवि लामिछाने ?’

काठमाडौं- सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि देशको

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

काठमाडौं– विद्यार्थीहरूले आफैँ पैसा उठाएर ‘केक’ ल्याएका थिए । विद्यालय