भावनाले होइन, रणनीतिक निर्णयले परिणाम ल्याउँछ : प्रवक्ता महत « Khabarhub

भावनाले होइन, रणनीतिक निर्णयले परिणाम ल्याउँछ : प्रवक्ता महत


२० जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले भावनाले मात्रै परिणाम नल्याउने बताएका छन् । कांग्रेस चितवन क्षेत्र नम्बर ३ ले यहाँ आयोजना गरेको स्थानीय निकायका जनप्रतिनिधिलाई सम्मान कार्यक्रममा उनले गठबन्धनको रणनैतिक निर्णयले मात्रै परिणाम ल्याउने बताए ।

नेता महतले अहिलेको पाँच दलीय गठबन्धन आगामी आम निर्वाचनसम्म रहने बताए । पार्टीको अन्तर्घात रोगको रुपमा रहेको उनको भनाइ थियो । आगामी मङ्सिरमा प्रदेश र सङ्घको निर्वाचन हुने भन्दै उनले यसको तयारीका लागि लाग्न नेता कार्यकर्तालाई आग्रह गरे । केन्द्रीय सदस्य दिनेश कोइरालाले कांग्रे्रेस एक हुन जरुरी रहेको बताए । उनले कांग्रेसले हा¥यो भने देशले पनि हार्ने बताए ।

कांग्रे्रेस चितवन क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति लालबहादुर दुवाडीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, बागमती प्रदेश उद्योग वाणिज्यमन्त्री मिलनबाबु श्रेष्ठ, महासमिति सदस्य विजय भुसाल क्षेत्रीय सभापति किरणभूषाण ओली, भरतपुर माहानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, माडी नगर उपप्रमुख खेमप्रसाद महत्तो लगायतले निर्वाचनमा एकातावद्ध हुनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : २० जेठ २०७९, शुक्रबार  ९ : ०९ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना