निजगढ विमानस्थलबारे सर्वोच्चको फैसलाको सम्मान गर्न नागरिक अगुवाहरूको आग्रह « Khabarhub

निजगढ विमानस्थलबारे सर्वोच्चको फैसलाको सम्मान गर्न नागरिक अगुवाहरूको आग्रह


२० जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  नागरिक समाजका अगुवाहरूले सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे गरेको फैसलाको सम्मान गर्न आग्रह गरेका छन् ।

पूर्व सभामुख दमननाथ ढुंगाना, पूर्व प्रधानन्यायाधीश अनुपराज शर्मा, पूर्व न्यायाधीश बलराम केसी, मानवअधिकारकर्मी बलराम केसी, पत्रकारद्वय कनकमणि दीक्षित र तारानाथ दाहाल तथा अधिवक्ताद्वय गीता संग्रौला पाठक र राजप्रसाद चापागाईँले विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतको फैसलाबारे सरकार र संसदबाट भएका आलोचना र टिप्पणीबारे आपत्ति जनाउँदै सर्वोच्चको गत जेठ १२ गतेको फैसलाको सम्मान गर्न भनेका छन् ।

सर्वोच्चको फैसला विपरीत संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले निर्माण कार्य अघि बढाउन सरकारलाई निर्देशन दिनुले न्यायालयको स्वतन्त्रपूर्वक न्याय निरूपण गर्ने अधिकारप्रति हस्तक्षेप हुन पुगेको विज्ञप्तिमा जनाइएको छ ।

 

प्रकाशित मिति : २० जेठ २०७९, शुक्रबार  ९ : ५५ बजे

चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने

चितवन– यही पुस ११ गतेदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा

सिंहदरबारमा निर्वाचन तयारीबारे सर्वपक्षीय छलफल सुरु (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको संसारमा

धनुषामा एक अस्पतालसहित चार वटा औषधि पसललाई कारबाही

जनकपुरधाम– सरकारले तोकेको मापदण्ड विपरीत अवैध रूपमा, दर्ता नगरी सञ्चालित

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने