जनताको चाहनाअनुसार बजेट निर्माण हुन्छ : मुख्यमन्त्री राई | Khabarhub Khabarhub

जनताको चाहनाअनुसार बजेट निर्माण हुन्छ : मुख्यमन्त्री राई


२० जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले जनताको चाहनाअनुसारको बजेट ल्याउने बताएका छन् ।

आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा आज यहाँ आयोजित आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट तर्जुमासम्बन्धी उद्योगी व्यापारीहरुसँग आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा उनले कोठामा बसेर मन्त्री र कर्मचारीद्वारा बनाइने बजेट यथार्थपरक नहुने भएकाले १४ जिल्लामा जनप्रतिनिधि, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरुसँग गहन छलफल एवं सुझाव सङ्कलन गरिएको धारणा राखे ।

मुख्यमन्त्री राईले प्रदेशको औद्योगिक उत्पादन र आर्थिक गतिविधि चलायमान गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान हुनुपर्नेमा जोड दिँदै उद्योग र ऊर्जा क्षेत्रमा निजी क्षेत्रको लगानीका लागि सरकारले आवश्यक वातावरण र नीति निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले विगतमा कृषिमा अनुदानको ठूलो रकम खर्च भए पनि त्यसको सही सदुपयोग नभएको चर्चा गर्दै आगामी बजेटमा उत्पादनको परिणामको आधारमा अनुदान दिने जानकारी दिए ।

आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वोले मुलुकमा कृषि उपजको आयात डरलादो अवस्थामा रहेको बताउँदै यसलाई न्यूनीकरण गर्न वाणिज्य बैंकले सहुलित दरमा कृषि कर्जा उपलब्ध गराउन पर्नेमा जोड दिए ।

उहाँले सरकारले ‘निजी क्षेत्र मैत्री कानून र नीति’ बनाउने बताउँदै विप्रेषणको निर्भरता घटाउन धार्मिक पर्यटकीयस्थल हलेसी, पाथिभरा, वराहक्षेत्र प्रवद्र्धनमा निजी क्षेत्रको सहयोग आवश्यक रहेको धारणा राखे।

मन्त्रालयका सचिव सुमन दाहालले यस क्षेत्रमा उद्योग स्थापना एवं उत्पादन वृद्धिका लागि सरकारले सहजीकरण गर्ने धारणा राखे ।

प्रकाशित मिति : २० जेठ २०७९, शुक्रबार  ११ : २४ बजे

सम्झौता प्रक्रियामा रहेकासहित अमेरिकी अनुदानका अरू सात कार्यक्रम स्थगित

काठमाडौं : अमेरिकी सहयोग नियोग (युएसएआईडी) ले नेपालमा सञ्चालन गरेका

त्रिविसँग नेविसंघले माग्यो- विकृति निर्मूल पार्न गरेका प्रयासको कार्यप्रगति विवरण

काठमाडौं- त्रिभुवन विश्वविद्यालयसँग गुणात्मक रूपान्तरणरसतहमा देखिएका विकृति निर्मूलका लागि गरिएका

प्रधानमन्त्रीसँग एनसीसी भ्रमण दलका प्रतिनिधिको शिष्टाचार भेट

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसँग युवा आदानप्रदान कार्यक्रम, २०२५ मा

महाशिवरात्रिका लागि सिंगारिएको पशुपति (तस्बिरहरू)

काठमाडौं– आगामी बुधबार मनाइने महाशिवरात्रि पर्वको लागि पशुपति क्षेत्र परिषद्

पूर्वराजालाई वर्षमानको चेतावनी- तानाशाही शासन फर्काउन सकिन्छ कि भनेर मुख नमिठ्याउनुस् 

झापा– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले पूर्वराजा ज्ञानेन्द्र