रुसी हमलाको १०० औँ दिन: २० प्रतिशत युक्रेनी भूमि मस्कोको कब्जामा « Khabarhub

रुसी हमलाको १०० औँ दिन: २० प्रतिशत युक्रेनी भूमि मस्कोको कब्जामा


२० जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मस्को– रुसले युक्रेनमा युद्ध गरेको एक सय दिन पुगेको छ । युक्रेनलाई निशस्त्रीकरण गर्ने र नाजी सोचबाट मुक्त गर्ने भन्दै २४ फेब्रुवरीमा रुसले युक्रेनमाथि हमला सुरु गरेको थियो । यसबीचमा रुसले महत्वपूर्ण सहर मारिओपोललाई कब्जा गरेको दाबी गरेको छ ।

रुसले राजधानी किभलगायतका महत्वपूर्ण क्षेत्रमा हमला गरे पनि युक्रेनी सेनाको सशक्त प्रतिकारका कारण पछि हटेको बताइएको छ ।

रुसी हमलाको प्रतिकार गर्न युक्रेनलाई अमेरिकालगायतका पश्चिमा देशहरुले अत्याधुनिक हतियार उपलब्ध गराउँदै आएका छन् । अमेरिकाले युक्रेनलाई हालसालै मात्र अत्याधुनिक क्षेप्यास्त्र दिने घोषणा गरेको छ

पूर्वी दोनबास क्षेत्रमा रुसी सेनाले रणनीतिक सफलता प्राप्त गरेको भए पनि उसले ठूलो मूल्य चुकाएको बेलायती सेनाको गुप्तचर निकायले जनाएको छ ।

युद्धमा हालसम्म २० प्रतिशत युक्रेनी भूमिमा रुसी सेनाले नियन्त्रणमा लिएको युक्रेनी राष्ट्रपति भोलोदिर जेलेन्स्कीले बताएका छन् ।

प्रकाशित मिति : २० जेठ २०७९, शुक्रबार  ११ : ५५ बजे

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री (खुला २) पदका

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा