चीनले मिचेको भूमी फिर्ता गराउन माग गर्दै सरकारको ध्यानाकर्षण « Khabarhub

चीनले मिचेको भूमी फिर्ता गराउन माग गर्दै सरकारको ध्यानाकर्षण


३२ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-नेपाली भूमी अतिक्रमणको चपेडामा परेको भन्दै त्यसलाई जोगाउन सरकारको ध्यानाकर्षण गराइएको छ । नेपालको उत्तरी सिमानामा अतिक्रमण भएको भन्दै नेपाली युवाहरूले स्थलरुप नापी तथा भू–उपयोग व्यवस्थापन महाशाखामा ज्ञापन पत्र बुझाउँदै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सीमा संरक्षण संघर्ष समितिका युवाहरूले शुक्रबार काठमाडौंस्थित महाशाखाको कार्यालयमा पुगेर चीनले उत्तरी सिमानामा मिचेको नेपाली भू–भाग फिर्ताको माग गर्दै ज्ञापन पत्र बुझाए । सरिता ज्योतिको नेतृत्वमा महाशाखा पुगेका युवाहरूले उपमहानिर्देशक करुणा केसीलाई ज्ञापन पत्र बुझाउँदै देशको सीमा रक्षाका लागि गम्भीर हुनुपर्ने बताए ।

यसैबीच चीनले मिचेको जग्गा फिर्ता गराउन माग गर्दै पुगेका युवालाई महाशाखाका कर्मचारीले अभद्र व्यवहार गरेको युवाहरुले आरोप लगाएका छन् । सरकारको ध्यानाकर्षणसहित सामूहिक तस्वीर खिचाउने क्रममा प्रहरीले आफूहरुमाथि अभद्र व्यवहार गरेको उनीहरुको आरोप छ।

प्रकाशित मिति : ३२ जेठ २०७६, शनिबार  ८ : १६ बजे

रास्वपाले धेरै कुरा सिक्न बाँकी रहेछ, आगामी दिनमा सच्चिन्छौं : अशोक चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अशोक चौधरी आज

प्रधानमन्त्री पत्नी काफ्लेले भनिन् : सुरक्षाकर्मीले बाेकेको ब्याग मेरो होइन

काठमाडौं – प्रधानमन्त्री बालेन शाहकी पत्नी सविना काफ्लेले आफ्नो ब्याग

रास्वपा महाधिवेशन : मतदान समय आधा घण्टा पछि सारियो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने १९ वर्षीय युवक पक्राउ

काठमाडौं – सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी

बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरमा बुधबार पहिरोमा पुरिएको गाडीबाट