चीनले मिचेको भूमी फिर्ता गराउन माग गर्दै सरकारको ध्यानाकर्षण « Khabarhub

चीनले मिचेको भूमी फिर्ता गराउन माग गर्दै सरकारको ध्यानाकर्षण


३२ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-नेपाली भूमी अतिक्रमणको चपेडामा परेको भन्दै त्यसलाई जोगाउन सरकारको ध्यानाकर्षण गराइएको छ । नेपालको उत्तरी सिमानामा अतिक्रमण भएको भन्दै नेपाली युवाहरूले स्थलरुप नापी तथा भू–उपयोग व्यवस्थापन महाशाखामा ज्ञापन पत्र बुझाउँदै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सीमा संरक्षण संघर्ष समितिका युवाहरूले शुक्रबार काठमाडौंस्थित महाशाखाको कार्यालयमा पुगेर चीनले उत्तरी सिमानामा मिचेको नेपाली भू–भाग फिर्ताको माग गर्दै ज्ञापन पत्र बुझाए । सरिता ज्योतिको नेतृत्वमा महाशाखा पुगेका युवाहरूले उपमहानिर्देशक करुणा केसीलाई ज्ञापन पत्र बुझाउँदै देशको सीमा रक्षाका लागि गम्भीर हुनुपर्ने बताए ।

यसैबीच चीनले मिचेको जग्गा फिर्ता गराउन माग गर्दै पुगेका युवालाई महाशाखाका कर्मचारीले अभद्र व्यवहार गरेको युवाहरुले आरोप लगाएका छन् । सरकारको ध्यानाकर्षणसहित सामूहिक तस्वीर खिचाउने क्रममा प्रहरीले आफूहरुमाथि अभद्र व्यवहार गरेको उनीहरुको आरोप छ।

प्रकाशित मिति : ३२ जेठ २०७६, शनिबार  ८ : १६ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर